logo

२०८३ जेष्ठ १२, मंगलबार

logo
  • २०८३ जेष्ठ १२, मंगलबार
  • अर्थतन्त्रमा मनोबल बढेको छ, आर्थिक सूचकले यसको जस्टिफाई गर्छ : अर्थमन्त्री

    अर्थतन्त्रमा मनोबल बढेको छ, आर्थिक सूचकले यसको जस्टिफाई गर्छ : अर्थमन्त्री

    1.9K
    SHARES
    अर्थतन्त्रमा मनोबल बढेको छ, आर्थिक सूचकले यसको जस्टिफाई गर्छ : अर्थमन्त्री

    काठमाण्डौ । अर्थमन्त्री रामेश्वर खनालले मुलुकको अर्थतन्त्र सही बाटोमा फर्किएको र आर्थिक गतिविधिमा सुधार हुँदै गएको दाबी गरेका छन् । गोरखापत्र संस्थानले आयोजना गरेको पहिलो ‘डिस्कोर्स अन रिकभरी एन्ड रिजिलियन्स’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले तीन महिना अघिको निराशाजनक अवस्थाबाट मुलुक अहिले पुनरुत्थान र स्थायित्वको बाटोमा अघि बढेको बताएका हुन् ।



     

    उनले अर्थतन्त्र चलायमान भएको पुष्टिका लागि सरकारले सरकारी तथ्याङ्कले गर्ने बताए । पछिल्लो तीन महिनामा औद्योगिक कच्चा पदार्थको आयातमा १० देखि १२ प्रतिशतले वृद्धि भएको उनको भनाइ छ । ‘कच्चा पदार्थ आयात बढ्नु भनेको नेपालका कारखाना चल्न थाल्नु हो,’ उनले भने, ‘तथ्याङ्कले उद्योगहरू बढ्दै गएको र उत्पादन पनि केही हदसम्म बढेको देखाउँछ, जसले अर्थतन्त्रमा मनोबल बढेको ‘जस्टिफाई’ गर्छ।’

     

     

    पर्यटन क्षेत्रमा गरिएको अनुमान भन्दा राम्रो नतिजा देखिएको छ। अक्टोबर महिनामा सर्वाधिक पर्यटक आगमन भएको र अङ्ग्रेजी वर्षको अन्त्यसम्ममा कोभिड अगाडिको अवस्थाभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य नजिक रहेको उनले बताए । ऊर्जा क्षेत्रमा बङ्गलादेशमा विद्युत् निर्यात थप हुनुलाई ‘माइलस्टोन’ को रूपमा उनले व्याख्या गरे । भारततर्फ करिब २० देखि २५ अर्बको विद्युत् निर्यात भइसकेको उनको भनाइ छ ।

     

    सरकारले छोटो अवधिमा गरेका कानुनी सुधार र लगानी सम्मेलनको प्रभावस्वरुप विदेशी लगानीकर्ताहरू उत्साहित भएको खनालको छ । चिनियाँ लगानीकर्ताहरूसँगको भेटघाटको प्रसङ्ग उल्लेख गर्दै उनीहरू नेपालमा थप लगानी गर्न उत्साहित रहेको उनले बताए । अझै पनि केही ‘सब–सेक्टर मा शिथिलता रहेको स्वीकार गर्दै सरकारले पुँजी निर्माण, उत्पादन वृद्धि र रोजगारी सिर्जनाका लागि थप नीतिगत सुधार र कानुन संशोधनको आवश्यकता रहेको उनको भनाइ छ ।


    अर्थ चौतारी
  • विहिबार, ३ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट