logo

२०८३ जेष्ठ १७, आइतबार

logo
  • २०८३ जेष्ठ १७, आइतबार
  • खुला केन्द्रीय सदस्यमा प्रदीप ज्ञवालीलाई सर्वाधिक मत

    खुला केन्द्रीय सदस्यमा प्रदीप ज्ञवालीलाई सर्वाधिक मत

    1.8K
    SHARES
    खुला केन्द्रीय सदस्यमा प्रदीप ज्ञवालीलाई सर्वाधिक मत

    काठमाण्डौ । नेकपा (एमाले)को एघारौँ महाधिवेशनमा खुला केन्द्रीय सदस्यमा प्रदीप ज्ञवालीले सर्वाधिक मत पाएका छन्। एमाले केन्द्रीय निर्वाचन आयोगले बिहीबार अपराह्न जारी गरेको मत परिणामअनुसार, ज्ञवालीले १ हजार ९४२ पाएका छन्। यो खुल्लातर्फ सबैभन्दा बढी मत हो।



     

    एमालेको दशौँ महाधिवेशनबाट उपमहासचिवमा निर्वाचित भएका ज्ञवालीले यस पटक महासचिवमा दाबी गरेका थिए। तर, अध्यक्ष केपी शर्मा ओलीले उनलाई उपाध्यक्षमा उठ्न निर्देशन दिएका थिए।

     

    त्यसलाई ज्ञवाली अस्वीकार गरेका थिए। उनले उपाध्यक्ष छोडेर केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका थिए।

     

    उनले छोडेको उपाध्यक्षमा पदमा रघुजी पन्तलाई समेटिएको थियो। उनी सुरुवातमा ओली प्यानलमा परेका थिएनन्। त्यसपछि उनले स्वतन्त्र उम्मेदवारी दिएको थियो। ज्ञवालीले उपाध्यक्ष पद छोडेपछि ओलीले पन्तलाई समेटेका थिए। पन्त पनि उपाध्यक्षमा निर्वाचित भएका छन्।

     


    अर्थ चौतारी
  • विहिबार, ३ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट