logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • डिजिटल रूपान्तरणमा एनएमबि बैंकको फड्को, ‘डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५’ प्राप्त

    डिजिटल रूपान्तरणमा एनएमबि बैंकको फड्को, ‘डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५’ प्राप्त

    1.8K
    SHARES
    डिजिटल रूपान्तरणमा एनएमबि बैंकको फड्को, ‘डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५’ प्राप्त

    काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत उत्कृष्ट सेवा प्रवाह गरेबापत डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ (ईन्टरप्राईज क्षेत्र) प्राप्त गरेको छ।



     

    यो अवार्ड डिजिटल प्रविधिको प्रयोग गरी सार्वजनिक सेवालाई थप सहज, प्रभावकारी र पहुँचयोग्य बनाउने संस्थाहरूले प्राप्त गर्दछन। एनएमबि बैंकले नयाँ डिजिटल माध्याम मार्फत आफ्ना सेवाहरूलाई ग्राहकमैत्री बनाएको आधारमा यो सम्मान प्राप्त गरेको हो।

     

    यस उपलब्धिले एनएमबि बैंकको डिजिटल प्रवर्धन र ग्राहककेन्द्रित सेवालाई प्रतिबिम्बित गर्दछ। एनएमबि बैंकले हाल देशभर २०२ वटा शाखा, १८४ वटा एटिएम र ९ वटा एक्सटेन्सन काउन्टरहरू मार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।


    अर्थ चौतारी
  • मंगलबार, ८ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट