logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • प्रमुख शक्ति राष्ट्रका राजदूतहरूको एकसाथ फिर्ती भूराजनीति संवेदनशील रहेको संकेत: एमाले महासचिव

    प्रमुख शक्ति राष्ट्रका राजदूतहरूको एकसाथ फिर्ती भूराजनीति संवेदनशील रहेको संकेत: एमाले महासचिव

    1.5K
    SHARES
    प्रमुख शक्ति राष्ट्रका राजदूतहरूको एकसाथ फिर्ती भूराजनीति संवेदनशील रहेको संकेत: एमाले महासचिव

    काठमाण्डौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालबाट प्रमुख दुई शक्ति राष्ट्र चीन र अमेरिकाका राजदूत एकसाथ फर्किन लाग्नुले देशको भूराजनीति निकै संवेदनशील रहेको संकेत गरेको बताएका छन्।



     

    नेपालका लागि चिनियाँ राजदूत छन् सङ र अमेरिकी राजदूत डीआर थम्पसनलाई उनीहरूका देशले फिर्ता बोलाएको हो।

     

    ‘यस विषयमा एमाले महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन्, ‘नेपालको भूराजनीति निकै संवेदनशील अवस्थामा रहेको संकेत प्रमुख शक्ति राष्ट्रका राजदूतहरूको एकसाथ फिर्तीको योजनाबाट बुझ्न सकिन्छ।’

     

    नेपालका लागि चिनियाँ राजदूत छन्‌ले मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ भेटसमेत गरिसकेका छन्।


    अर्थ चौतारी
  • बुधबार, ९ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट