logo

२०८३ जेष्ठ १९, मंगलबार

logo
  • २०८३ जेष्ठ १९, मंगलबार
  • शासकीय प्रणालीमा सुधार र लगानीमैत्री वातावरण नभएसम्म समृद्धि असम्भव : डा.भट्टराई

    शासकीय प्रणालीमा सुधार र लगानीमैत्री वातावरण नभएसम्म समृद्धि असम्भव : डा.भट्टराई

    1.7K
    SHARES
    शासकीय प्रणालीमा सुधार र लगानीमैत्री वातावरण नभएसम्म समृद्धि असम्भव : डा.भट्टराई

    काठमाण्डौ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले मुलुकको वर्तमान शासकीय स्वरूप र आर्थिक मोडेलमा आमूल परिवर्तन नगरेसम्म वास्तविक समृद्धि हासिल हुन नसक्ने बताएका छन् ।



    बुधबार नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आयोजित एक विशेष कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले विगत २० वर्षदेखि उही समस्या र उही टाउकाहरूबिच छलफल भए पनि नतिजा आउन नसकेको चिन्ता व्यक्त गरे ।

     

     

    डा. भट्टराईले नेपालको अर्थतन्त्र अझै पनि निर्वाहमुखी कृषिमा आधारित रहेको र यसले विकासको गति समात्न नसक्ने तर्क गरे। “अझै पनि ६० प्रतिशत जनसङ्ख्या कृषिमा आश्रित छ, जसको उत्पादकत्व अत्यन्तै कम छ। एउटा छोरो खाडीमा कमाउन जान्छ, बाबु–आमा यहाँ खेती गर्छन् र साहुको ऋण तिर्दैमा जीवन बित्छ,” उनले भने।

     

    उनले कृषिको जनशक्तिलाई १५–२० प्रतिशतमा झार्ने, उद्योगमा ३०–३५ प्रतिशत र सेवा क्षेत्रलाई ४५–५० प्रतिशत पुर्‍याउने गरी नीति बनाउनुपर्नेमा जोड दिए। डा। भट्टराईले शासकीय प्रणालीमा सुधारको माग समेत गरे ।

     

    ‘प्रत्येक ६ महिना वा दुई वर्षमा सरकार परिवर्तन हुने प्रणालीले नीतिगत स्थिरता दिँदैन। यसले न स्वदेशी लगानीकर्तालाई आकर्षित गर्छ, न त विदेशीलाई’, उनले भने, ‘त्यसैले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक संसदमा जाने आँट गरौँ।

     

    राजनीतिक स्थिरता विना शान्ति र आर्थिक वृद्धि असम्भव रहेको उनको ठम्याइ थियो।


    अर्थ चौतारी
  • विहिबार, १७ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट