logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • वनस्पति घिउ र तेल निर्यात घट्दो, पाम आयल बढ्दो

    वनस्पति घिउ र तेल निर्यात घट्दो, पाम आयल बढ्दो

    1.9K
    SHARES
    वनस्पति घिउ र तेल निर्यात घट्दो, पाम आयल बढ्दो

    काठमाण्डौ । भारत सरकारले भन्सार शून्य बनाएपछि तेस्रो मुलुकबाट नेपालमा आयत भई प्रशोधनपछि भारत निकासी हुने वनस्पति घिउ तथा तेलको निर्यात एक्कासि घटेको छ। भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो महिना साउनमा भटमास तथा सूर्यमुखी तेलको निर्यात ठूलो परिमाणमा घटेको छ भने औद्योगिक कच्चा पदार्थका रुपमा प्रयोग हुने पाम आयलको निर्यात भने बढेको छ।



    विभागका अनुसार साउन महिनामा नेपालबाट १ अर्ब ५९ करोड ६२ लाख रुपैयाँबराबरको भटमासको तेल भारततर्फ निर्यात भएको छ । अघिल्लो साउनमा ८ अर्ब ९८ करोड ६४ लाख रुपैयाँको भटमासको तेल निर्यात भएको थियो । यो अवधिमा भटमासको तेलको निर्यातमा अघिल्लो साउनको तुलनामा ७ अर्ब ३९ करोड २ लाख रुपैंयाले कमी आएको छ।

    विभागका अनुसार साउनमा भटमासको तेल निर्यात ८२.२३ प्रतिशतले घटेको देखिन्छ । सनफ्लावर आयलको निर्यातमा पनि ९० प्रतिशतले कमी आएको छ । अघिल्लो आवको पहिलो महिनामा ७९ करोड १९ लाख रुपैयाँ बराबरको सना लावर आयल निकासी भएकोमा चालू आवको सोही अवधिमा ७१ करोड २८ लाख रुपैयाँले कमी आई जम्मा ७ करोड ९१ लाख रुपैयाँको मात्र सनफ्लावर आयल निकासी भएको छ। यो समाचार कारोबार दैनिकमा छ ।


    अर्थ चाैतारी
  • विहिबार, ९ भदाै २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट