logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • महंगा फोन आयातमा प्रतिबन्धपछि घट्यो स्मार्टफोनको आयात

    महंगा फोन आयातमा प्रतिबन्धपछि घट्यो स्मार्टफोनको आयात

    1.8K
    SHARES
    महंगा फोन आयातमा प्रतिबन्धपछि घट्यो स्मार्टफोनको आयात

    काठमाण्डौ । चालू आर्थिक वर्ष २०७९/८० को पहिलो महिना (साउन)मा स्मार्टफोनको आयात ५० प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालू वर्षको साउन महिनामा २ अर्ब २५ करोडले आयात घटेको हो । भन्सार विभागका अनुसार चालू वर्षको साउन महिनामा विदेशबाट २ अर्ब ५७ करोड ४३ लाख रुपैयाँको स्मार्टफोन आयात भएको छ ।



    जुन, गत आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब ८२ करोड ६७ लाख रुपैयाँको आयात भएको थियो । सरकारले ३०० डलरभन्दा महंगा स्मार्टफोन भित्र्याउन नपाउने गरी प्रतिबन्ध लगाएपछि आयात घटेको हो । चालू वर्षमा विदेशबाट १ लाख ७६ हजार थान मोबाइल आयात भएको छ । गत वर्षको यही अवधिमा ६ लाख ६७ हजारभन्दा बढी थान मोबाइल आयात भएको थियो ।

    सरकारले खासगरी, विदेशी मुद्राको सञ्चिति खुम्चिएको भन्दै स्मार्टफोन सहित अन्य वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । जसमा १५० सिसी माथिका मोटरसाइकल, डिजेल–पेट्रोल (अत्यावश्यक बाहेक) सवारी साधन लगायतको आयात प्रतिबन्ध लगाएको छ । यस्तै, कुरकुरे, कुरमुरे, विदेशी ब्रान्डका मदिरा लगायतको समेत आयात प्रतिबन्ध छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, १० भदाै २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट