logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • एनसेलले ६ महिनाकाे आम्दानी २० अर्ब

    एनसेलले ६ महिनाकाे आम्दानी २० अर्ब

    2K
    SHARES
    एनसेलले ६ महिनाकाे आम्दानी २० अर्ब

    काठमाण्डौ । एनसेलले ६ महिनामा २० अर्ब रुपैयाँको सञ्चालन आम्दानी गरेको छ। अघिल्लो वर्षको तुलनामा यो वर्ष ८५ करोड रुपैयाँले आम्दानी घटेको हो।



    एनसेलको मातृकम्पनी आजियटाले सार्वजनिक गरेको दोस्रो त्रैमासिक (जनवरी–जुन)को विवरणअनुसार ६ महिनामा ३ अर्ब ८ करोड रुपैयाँ खुद नाफा गरेको देखिएको छ। २०२१ को जुनसम्म आजियटाले २० अर्ब ८५ करोड रुपैयाँ आम्दानी गरेको थियो। नाफा ३ अर्ब ५२ करोड रुपैयाँ रहेको थियो।

    एनसेलको आम्दानीको ३ अर्ब ८० करोड रुपैयाँ अवमूल्यनमा खर्च भइरहेको छ। कम्पनीले ६ महिनामा ८४ करोड रुपैयाँ कर बुझाएको उल्लेख रहेको छ। आजियटाले २०२१ को तुलनामा २०२२ मा २.८ प्रतिशतले एनसेलको आम्दानी घटेको देखाएको छ। कम्पनीले नेपालमा व्यापार घट्नुमा भ्याइस एक सेवा प्रदायकबाट अर्कोमा गर्दा मूल्य कम गरेकोलाई कारण देखाएको छ। त्यस्तै कम्पनीको सञ्चालन आम्दानी रहेको छ।

    ५ वटा देशमा टेलिकम व्यववसाय गरिरहेको आजियटाको व्यापार नेपाल र श्रीलंकामा मात्रै घटेको छ। इन्डोनेसियामा ११.६ प्रतिशत, बंगलादेशमा ४.१ प्रतिशत र कम्बोडियामा ११ प्रतिशतले आम्दानी बढ्दा श्रीलंकामा ८.८ प्रतिशतले घटेको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, १० भदाै २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट