logo

२०८३ बैशाख ४, शुक्रबार

logo
  • २०८३ बैशाख ४, शुक्रबार
  • आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नयाँ भवन आईजीआई कम्प्लेक्स उद्घाटन

    आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नयाँ भवन आईजीआई कम्प्लेक्स उद्घाटन

    962
    SHARES
    आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नयाँ भवन आईजीआई कम्प्लेक्स उद्घाटन

    काठमाण्डाै । बिहीबार आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडको नयाँ केन्द्रीय कार्यालय आईजीआई कम्प्लेक्सको भव्य समारोहका बिच शुभारम्भ गरिएको छ । कम्पनीको संस्थागत सुदृढिकरण, सेवा विस्तार र प्रविधिमैत्री पूर्वाधार विकासको लक्ष्यलाई मुर्तरुप दिने उदेश्य सहित निर्माण गरिएको यस अत्याधुनिक भवनको संयुक्त रुपमा रिबन काटी उद्घाटन गरिएको छ ।



    उक्त शुभअवसरमा कम्पनीका अध्यक्ष हेम राज ढकाल, नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशिलदेव सुवेदी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा यस कम्पनीका संस्थापक शेयरधनी चन्द्र प्रसाद ढकाल तथा नेपाल बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष, कम्पनीका संचालक समितिका पदाधिकारीद्धारा संयुक्त रुपमा रिबन काटी भवनको उद्घाटन गरिएको थियो ।

    काठमाण्डाै महानगरपालिका, वडा नम्बर ३, पानीपोखरी स्थित २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गामा करिब ६० हजार वर्गफिटमा २ तल्ला पार्किङ्ग सहित १२ तल्लाको भव्य भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष हेम राज ढकालले भवनले कम्पनीको आगामी रणनीतिक लक्ष्य, दिगो विकासको प्रतिवद्धता, ग्राहक केन्द्रीत सेवामा थप ऊर्जा प्रदान गर्ने, विश्वसनीयता, पारदर्शिता र नवप्रवद्र्धनमा आइजीआई प्रुडेन्सियलले सधैँ अग्रसर रहने बताए । समारोहमा ढकालले नवनिर्मित भवन आधुनिक डिजाइन, सुविधा सम्पन्न कार्यक्षेत्र, डिजिटल सेवा प्रणाली तथा सेवाग्राही मैत्री वातावरण सहित तयार गरिएको र यस मार्फत कम्पनीले छिटो, प्रभावकारी र विश्वसनीय बीमा सेवा प्रदान गर्ने लक्ष्य लिएको जानकारी दिए ।

    सोही अवसरमा नेपाल बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष प्रो.डा. फत्तबहादुर के.सी.ले शुभकामना मन्तव्य व्यक्त गर्दै कम्पनीको यो विशाल प्रगती भएकोमा आफू हर्शित भएको र कम्पनीको उत्तरोक्तर प्रगतीको शुभकामना दिए । सोही अवसरमा नेपाल बीमक संघका अध्यक्षद्धारा कम्पनीको यो स्तरको भवनले सम्पूर्ण बीमा क्षेत्रलाई नै गौरवान्वित बनाएको र बीमा क्षेत्रमा कम्पनीको आगामी दिन अझै प्रगतीउन्मुख रहोस भनि शुभकामना दिए ।

    उक्त अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष, आइएमई गु्रप अफ कम्पनीका अध्यक्ष तथा यस कम्पनीका संस्थापक शेयरधनी चन्द्र प्रसाद ढकालले विगद ११ बर्षमा कम्पनीमा आएको परिवर्तन तथा आज यो आईजीआई कम्प्लेक्सको भवनको उद्ध्घाटनमा सरिक हुन पाउँदा गौरव महशुस भएको र इमान्दारीताका साथ काम गर्दा उन्नती अवश्य हुन्छ भनि कम्पनीलाई उदाहरणको रुपमा लिन सकिने बिचार व्यक्त गरे ।

    साथै बीमा बजारको विस्तारको लागि नियामकीय निकायको ठूलो भुमिका रहनेछ भन्दै नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रको उन्नती र प्रगतीको लागि राम्रो अविभावकको रुपमा आफूलाई प्रस्तुत गर्ने विश्वास व्यक्त गरे ।

    उक्त समारोहमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशिलदेव सुवेदीले बीमा क्षेत्रको नियामक निकायको तर्फबाट शुभकामना व्यक्त गर्दे आइजीआई पु्रडेन्सियल इन्स्योेरेन्सले बीमा क्षेत्रको विस्तार तथा जनविश्वास अभिवृद्धिमा उल्लेखिनीय योगदान पु¥याइरहेको र आउने दिनमा अझै थप ग्राहकहरुलाई सेवा विस्तार गरी यस क्षेत्रमा आफूलाई एक अब्बल कम्पनीको रुपमा स्थापित गर्नेछ भनि शुभकामना दिए ।

    उनले नयाँ संरचना तथा पूर्वाधारले सेवाको गुणस्तर र पहुँचमा सकारात्मक प्रभाव पार्ने धारणा राखे । साथै बीमालाई देश भित्र मात्र सिमिति नराखी अन्तराष्ट्रियकरण गर्न समेत प्राधिकणले पोलिसी बनाउनेछ भनि तयार रहन अनुरोध गरे ।


    अर्थ चाैतारी
  • विहिबार, १४ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट