logo

२०८३ असार २९, सोमबार

logo
  • २०८३ असार २९, सोमबार
  • सामसुङ स्मार्ट प्लाजाको नँया शाखा काठमाण्डौको नँयाबजारमा

    सामसुङ स्मार्ट प्लाजाको नँया शाखा काठमाण्डौको नँयाबजारमा

    3.1K
    SHARES
    सामसुङ स्मार्ट प्लाजाको नँया शाखा काठमाण्डौको नँयाबजारमा

    काठमाण्डाै । नेपालमा सामसुङ इलेक्ट्रोनिक्स र होम अप्लायन्सेसको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्सले काठमाण्डाैको नँयाबजार खुसिबुमा नयाँ सामसुङ स्मार्ट प्लाजाको शाखा उद्घाटन गरेको छ ।



    शाखाको उद्घाटन सामसुङ साउथवेस्ट एसिया(नेपाल ब्रान्च हेड मिस्टर पार्क र गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छाले संयुक्त रूपमा गरेका थिए । हिम इलेक्ट्रोनिक्सले दरबारमार्गमा रहेको आफ्नो अत्याधुनिक शोरुमलाई पनि अपग्रेड गर्दै देशकै उत्कृष्ठ बनाएको छ ।

    उक्त अवसरमा हिम इलेक्ट्रोनिक्सका निर्देशक सीमा गोल्छाले हिम इलेक्ट्रोनिक्सका अहिले उपत्यका बाहिर पाँच वटा सामसुङ स्मार्ट प्लाजा रहेको र हालसम्म उपत्यकाभित्र छ वटा आउटलेट सञ्चालनमा रहेको बताइन् । निर्देशक गोल्छाले हिम इलेक्ट्रोनिक्सले सामसुङ स्मार्ट प्लाजाहरू मार्फत उच्च र गुणस्तरीय सेवा देशभरका सम्पूर्ण ग्राहकहरूलाई प्रदान गर्दै आइरहेको र भबिष्यमा आउटलेटहरु बिस्तार गर्दै ग्राहकहरूलाई सामसुङका गुणस्तरीय सामाग्रि उपलब्ध गराउने जानकारि गराइन् ।

    सामसुङ स्मार्ट प्लाजाले सामसुङ होम अप्लायन्सेसदेखि सामसुङ मोबाइल फोनसम्मका सामाग्रीहरू बिक्री गर्दछ। कम्पनीले विगत २२ वर्षदेखि बजारमा उत्कृष्ट सामाग्री उपलब्ध गराउनुका साथै विश्व स्तरमा प्रख्यात सामाग्रीहरू उचित मूल्यमा उपलब्ध गराउदै आएको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, १७ भदाै २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट