logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • संसद्को दुवै सदनको चालु अधिवेशन आज रातिदेखि अन्त्य हुने

    संसद्को दुवै सदनको चालु अधिवेशन आज रातिदेखि अन्त्य हुने

    416
    SHARES
    संसद्को दुवै सदनको चालु अधिवेशन आज रातिदेखि अन्त्य हुने

    काठमाण्डौ । सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशन आज रातिदेखि अन्त्य हुने भएको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को गत चैत २४ गतेको सिफारिसमा राष्ट्रपति पौडेलले आज राति १२:०० बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन्।



    राष्ट्रपति कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम यो निर्णय भएको जानकारी दिएको छ। राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिअनुसार मन्त्रिपरिषद्को निर्णय र सिफारिसका आधारमा राष्ट्रपतिले यो कदम चालेका हुन्।

    यससँगै प्रतिनिधि सभा र राष्ट्रिय सभाको वर्तमान अधिवेशन औपचारिक रूपमा समापन हुने भएको छ। सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गरी बजेट अधिवेशनको तयारीका लागि यो सिफारिस गरेको हो ।

    नेपालको संवैधानिक व्यवस्था अनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था रहेको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, २७ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट