logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • हलेसी तुवाचुङलाई यसवर्षको उत्कृष्ट नगरपालिका पुरस्कार

    हलेसी तुवाचुङलाई यसवर्षको उत्कृष्ट नगरपालिका पुरस्कार

    403
    SHARES
    हलेसी तुवाचुङलाई यसवर्षको उत्कृष्ट नगरपालिका पुरस्कार

    काठमाण्डौ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका यसवर्षको उत्कृष्ट नगरपालिका घोषित भएको छ। नेपाल नगरपालिका संघको ३३औँ स्थापना दिवसको अवसरमा हलेसी तुवाचुङलाई उत्कृष्ठ घोषणा गर्दै सम्मानित गरिएको हो।



    नगरपालिकाले संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनका सूचकमा उत्कृष्ट अंक प्राप्त गरेको हो। यी सूचकमा ९० प्रतिशत अंक हासिल गर्दै उत्कृष्ठ नगरपालिकाको पुरस्कार पाएको नेपाल नगरपालिका संघले जनाएको छ।

    प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नगर प्रमुख विमला राईलाई काठमाडौँमा बिहीबार आयोजित समारोहमा सम्मान गरेका छन्। संघीय मामिला मन्त्रालयले नगरपालिका र गाउँपालिकाको कामको मुल्यांकनका आधारमा छनोट गरेको हो। यस आर्थिक वर्षमा नगरपालिकाको बेरुजु ०.१५ प्रतिशत मात्रै रहेको छ। नगरपालिकामा ११ वटा वडा छन्।

    नगरपलिका प्रमुख राईले भनिन्, ‘हामीले सकेसम्म नागरिकलाई कार्यालयमा आउन भन्दा हामी आफै नागरिकको घरसम्म पुगेर सेवा प्रवाह गरिरहेका छौँ। पायक पर्ने बाहेक सामाजिक सुरक्षा भत्ता गाउँ टोलमै पुर्‍याउँछौँ। योजना सम्झौता गर्न नगरपालिकाकै टोली गाउँसम्म जान्छ।’ यस्तै नगरपालिकाले राष्ट्रिय परिचय पत्र वितरण गर्न वडा वडामा पुग्ने गरेको छ।

    ‘मुख्य कुरा त टिमवर्क र लगनशीलता नै हो। वित्तिय अनुशासनमा रहेर काम गर्नुप¥यो। विधिको साशनलाई मुख्य ठानेर आफूले इमान्दारिताका साथ काम गर्ने हो। टिमलाई पनि सोही अनुसार अगाडि बढाउन प्रयास गरिरहेका छौँ। कार्यन्वयन गर्न सहज छैन, हामी सकेको प्रयास गरिरहेका हौँ’, मेयर राईले भनिन्।

    विमला नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित भएकी हुन्। उपमेयरसहित अधिकांस वडामा पनि कांग्रेस उम्मेदवार नै विजयी भएका थिए। यसअघि पनि हलेसी तुवाचुङ नगरपालिकाले यी सूचकमा उत्कृष्ट अंक हासिल गरेको थियो।


    अर्थ चाैतारी
  • शुक्रबार, २७ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट