logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • भारतबाट ल्याउँदै गरेको पौने सात लाख रुपैयाँसहित एक भारतीय र एक नेपाली पक्राउ

    भारतबाट ल्याउँदै गरेको पौने सात लाख रुपैयाँसहित एक भारतीय र एक नेपाली पक्राउ

    455
    SHARES
    भारतबाट ल्याउँदै गरेको पौने सात लाख रुपैयाँसहित एक भारतीय र एक नेपाली पक्राउ

    विराटनगर । सुनसरीको कोसी गाउँपालिकाबाट प्रहरीले स्रोत नखुलेको रकम सहित दुई जनालाई नियन्त्रणमा लिएको छ। कोसी गाउँपालिका वडा नं.८ भण्टावारीस्थित सीमा क्षेत्रबाट प्रहरीले स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई जनालाई नियन्त्रणमा लिएको हो।



    इलाका प्रहरी कार्यालय भण्टावारीबाट खटिएको प्रहरी टोलीले शुक्रबार बिहान साढे ८ बजे भारतबाट नेपालतर्फ आउँदै गरेको को २१ प १४९५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा करिब ६ लाख ६७ हजारभन्दा बढी रकम फेला पारेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

    पक्राउ पर्नेहरूमा मोटरसाइकल चालक सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ बस्ने ५८ वर्षीय राम लखन यादव र पछाडि सवार भारतीय नागरिक सुपौल जिल्ला हनुमाननगर ग्राम पञ्चायत–१५ बस्ने ६५ वर्षीय प्रभु मुखिया रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द्र खड्काले जानकारी दिए।

    उनका अनुसार, यादवको साथबाट नेपाली रुपैयाँ ५ लाख १ हजार ५०५ र भारतीय रुपैयाँ ५ हजार ३५० फेला परेको छ। त्यस्तै, मुखियाको साथबाट नेपाली १ लाख ४७ हजार २०५ र भारतीय ७ हजार ६०० रुपैयाँ बरामद गरिएको छ। उनीहरूको साथबाट कुल नेपाली ६ लाख ४८ हजार ७१० र भारतीय १२ हजार ९५० रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

    नियन्त्रणमा लिइएका दुवै जनालाई हुन्डी सम्बन्धी कसुरमा थप अनुसन्धानका लागि सुनसरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, २७ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट