काठमाण्डौ । सामसङले आफ्नो नयाँ Galaxy A सिरिज अन्तर्गत Samsung Galaxy A57 5G र Samsung Galaxy A37 5G स्मार्टफोनहरू नेपालमा सार्वजनिक गरेको छ।
कम्पनीले यी फोनहरूलाई आधुनिक डिजाइन, उन्नत क्यामेरा र AI-आधारित स्मार्ट फिचरसहित दैनिक प्रयोग सहज बनाउन लक्षित गरेको जनाएको छ। यी दुई मोडेलहरूको प्रि-अर्डर अप्रिल ५ देखि अप्रिल १८, २०२६ सम्म (स्टक उपलब्धतासम्म) खुला रहनेछ। विद्यार्थी, पेशेवर तथा सामान्य प्रयोगकर्तालाई ध्यानमा राखेर तयार पारिएका यी स्मार्टफोनहरूले सहज र स्मार्ट अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।
सामसङ नेपालका बरिष्ठ निर्देशक प्रणयरत्न स्थापितका अनुसार नयाँ A सिरिजले “Awesome Intelligence” मार्फत AI प्रविधिलाई सबै प्रयोगकर्तासम्म पुर्याउने लक्ष्य राखेको छ। One UI 8.5 मा आधारित यी डिभाइसहरूमा Voice transcription, AI Select, Object Eraser, Edit Suggestions लगायतका फिचरहरू समावेश छन्। साथै, Galaxy A57 5G मा Best Face र Auto Trim जस्ता अतिरिक्त सुविधा पनि उपलब्ध छन्। Google को Circle to Search मा multi-object recognition थपिएको छ भने अपग्रेड गरिएको Bixby र Gemini ले अझ प्राकृतिक संवाद अनुभव प्रदान गर्छ।
क्यामेराको हिसाबले दुवै फोनमा ५०MP मुख्य क्यामेरासहित ट्रिपल क्यामेरा सेटअप दिइएको छ। Nightography र सुधारिएको ISP को सहयोगले कम प्रकाशमा पनि स्पष्ट फोटो तथा भिडियो खिच्न सकिन्छ। Galaxy A57 5G मा अझ छिटो shutter speed र उच्च detail पाइन्छ।
डिजाइनतर्फ Galaxy A57 5G ६.९mm पातलो र हल्का रहेको छ भने दुवै फोनमा 5000mAh ब्याट्री दिइएको छ, जसले दुई दिनसम्म प्रयोग गर्न सकिने दाबी गरिएको छ। Super AMOLED डिस्प्ले र Vision Booster ले उत्कृष्ट भिजुअल अनुभव दिन्छ।
सुरक्षा र टिकाउपनका हिसाबले पनि यी फोनहरू IP68 water र dust resistance सहित उपलब्ध छन्। साथै, ६ वर्षसम्मको सुरक्षा अपडेट र OS अपग्रेड, Knox Vault, Security Dashboard, Private Sharing र Theft Protection जस्ता फिचरहरू पनि समावेश गरिएका छन्।
मूल्यका हिसाबले Galaxy A57 5G को 12GB/256GB भेरियन्ट NPR 89,999 र 8GB/256GB NPR 84,999 मा उपलब्ध हुनेछ। त्यस्तै, Galaxy A37 5G को 12GB/256GB NPR 79,999, 8GB/256GB NPR 72,999 र 8GB/128GB NPR 64,999 मा उपलब्ध हुनेछ।
प्रि-अर्डर अफर अन्तर्गत Galaxy A57 5G (12GB) मा NPR 4000 बराबरको मेमोरी अपग्रेड तथा Galaxy A37 5G मा NPR 2500 बराबरको मेमोरी अपग्रेड उपलब्ध छ। साथै, २४ महिनासम्मको EMI सुविधा NPR 1764 प्रतिमहिनाबाट सुरु हुने व्यवस्था गरिएको छ, जसका लागि केवल नागरिकता कार्ड भए पुग्नेछ।
आकर्षक अफर, उन्नत फिचर र सहज EMI सुविधासहित Samsung को नयाँ Galaxy A सिरिज नेपाली बजारमा लोकप्रिय बन्ने अपेक्षा गरिएको छ।
अर्थ चाैतारी ।