logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • ‘ओली–लेखकलाई रिहा नगरे बालेन र सुधनलाई गोली हान्छु’ भन्ने सानुभाइ पक्राउ

    ‘ओली–लेखकलाई रिहा नगरे बालेन र सुधनलाई गोली हान्छु’ भन्ने सानुभाइ पक्राउ

    325
    SHARES
    ‘ओली–लेखकलाई रिहा नगरे बालेन र सुधनलाई गोली हान्छु’ भन्ने सानुभाइ पक्राउ

    काठमाण्डौ । सामाजिक सञ्जालमार्फत देशका उच्च पदाधिकारीलाई ज्यान मार्ने धम्की दिने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङको थलरा गाउँपालिका–४ घर भएका २० वर्षीय सानुभाई भनिने साजन विष्ट रहेका छन् । उनलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाण्डौको सिनामंगलबाट वैशाख ५ गते पक्राउ गरेको हो ।



    प्रहरीका अनुसार विष्टले ‘सानुभाई’ नामक फेसबुक आईडीमार्फत पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र पूर्वमन्त्री दीपक खड्कालाई तुरुन्त रिहा गर्न माग गर्दै धम्कीपूर्ण सामग्री पोस्ट गरेका थिए । माग पूरा नभए वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङलाई गोली हान्ने चेतावनी उनले दिएका थिए ।

    त्यस्तै, उनले एके–४७ जस्ता अत्याधुनिक हतियार काठमाण्डौ भित्रिसकेको र आफ्नो समूह जुनसुकै कदम चाल्न तयार रहेको भन्दै भिडियोसमेत सार्वजनिक गरेका थिए, जसले सर्वसाधारणमा त्रास फैलाएको प्रहरीले जनाएको छ।

    अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार उनलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गतको कसुरमा अनुसन्धान तथा कारबाहीका लागि साइबर ब्युरो, भोटाहिटी पठाइएको छ ।

    प्रहरीका अनुसार विष्ट पछिल्लो पाँच वर्षदेखि भारतको बैंगलोरमा बस्दै आएका थिए। त्यहाँ उनी एमजी रोड क्षेत्रमा रहेको एक फेन्सी स्टोरमा काम गर्ने गरेको खुलेको छ । भारतमा रहँदा पनि उनी विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।

    प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग गरी भ्रम र त्रास फैलाउने तथा ज्यान मार्ने धम्की दिने कार्य कानुनअनुसार दण्डनीय हुने भन्दै यस्ता गतिविधि नगर्न सबैलाई सचेत गराएको छ।


    अर्थ चाैतारी
  • सोमबार, ७ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट