logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • ‘श्रम संसार‘ मा आबद्ध हुन मन्त्रालयको आग्रह

    ‘श्रम संसार‘ मा आबद्ध हुन मन्त्रालयको आग्रह

    741
    SHARES
    ‘श्रम संसार‘ मा आबद्ध हुन मन्त्रालयको आग्रह

    काठमाण्डौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक सेवा प्रवाहलाई पूर्ण रूपमा प्रविधिमैत्री र डिजिटल बनाउने प्रक्रियालाई तीव्र पारेको छ। मन्त्रालय मातहत रहेका विभिन्न डिजिटल प्रणालीहरूलाई एकीकृत गर्दै अब ‘श्रम संसार’ मार्फत एकद्वार प्रणालीबाट सेवा सञ्चालन गर्ने तयारी भएको हो।



    यसै सन्दर्भमा मन्त्रालयको सूचना प्रविधि तथा तथ्याङ्क शाखाले एक सूचना जारी गर्दै श्रम र रोजगारको क्षेत्रमा क्रियाशील सबै सरोकारवालाहरूलाई तत्काल यस प्रणालीमा आबद्ध हुन आह्वान गरेको छ। मन्त्रालयले निजी क्षेत्रका रोजगारदाता, रोजगार खोजिरहेका व्यक्तिहरू, जब एजेन्सीहरू तथा विभिन्न तालिम प्रदायक संस्थाहरूलाई अनिवार्य रूपमा ‘श्रम संसार’ मा दर्ता हुन निर्देशन दिएको हो।

    यो प्रणाली कार्यान्वयनमा आएसँगै श्रम र रोजगारसँग सम्बन्धित सम्पूर्ण सूचनाहरू एकै ठाउँबाट प्राप्त हुनेछन्। विशेष गरी रोजगारीका विज्ञापनहरू र सीपमूलक तालिमका अवसरहरूलाई ‘श्रम संसार’ मार्फत नै सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ।

    सरकारी सेवालाई झन्झटमुक्त बनाउँदै डिजिटलाइजेसन गर्ने सरकारी लक्ष्य अनुरूप यो एकीकृत प्रणाली सञ्चालनमा ल्याइएको हो। अबदेखि रोजगारदाताले श्रमिक खोज्न र श्रमिकले आफ्नो दक्षता अनुसारको काम खोज्न छुट्टाछुट्टै ठाउँमा भौँतारिनु पर्ने छैन। मन्त्रालयका शाखा अधिकृतले जारी गरेको सूचना अनुसार यो प्रणालीले रोजगारीका क्षेत्रमा हुने बिचौलियाको प्रभावलाई कम गर्दै वास्तविक अवसरहरूलाई सम्बन्धित व्यक्तिसम्म पुर्‍याउन पुलको काम गर्नेछ।

     


    अर्थ चाैतारी
  • बुधबार, ९ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट