logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • ९ महिनामा जीवन बीमा कम्पनीहरूको व्यवसाय १ खर्ब ४० अर्बमाथि

    ९ महिनामा जीवन बीमा कम्पनीहरूको व्यवसाय १ खर्ब ४० अर्बमाथि

    416
    SHARES
    ९ महिनामा जीवन बीमा कम्पनीहरूको व्यवसाय १ खर्ब ४० अर्बमाथि

    काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को ९ महिना (चैत महिना) सम्ममा जीवन बीमा कम्पनीहरूले १ खर्ब ४० अर्बमाथि कुल बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले बिहीबार (आज) सार्वजनिक गरेको तथ्यांकअनुसार १४ जीवन बीमा कम्पनीहरूले १ करोड १५ लाख ७१ हजार २० वटा बीमा पोलिसी बिक्री गरी कुल १ खर्ब ४० अर्ब ४५ करोड ७० लाख रुपैयाँको बीमाशुल्क संकलन गरेका हुन् ।



    बीमा कम्पनीहरूले चैत्र महिनामा मात्रै ३ लाख ५५ हजार ४४६ बीमालेख जारी गरेर १५ अर्ब ७३ करोड ११ लाख रुपैयाँ आर्जन गरेका छन् । ९ महिनाको अवधिमा सबैभन्दा धेरै व्यवसाय गर्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । उक्त कम्पनीले ३६ अर्ब ८६ करोड १९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

    दोस्रो धेरै व्यवसाय गर्ने कम्पनीमा नेशनल लाइफ इन्स्योरेन्सले १७ अर्ब ७ करोड ९४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । तेस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी नेपाल) ले १५ अर्ब १७ करोड ८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

    त्यस्तै, हिमालयन लाइफले १३ अर्ब २६ करोड ६१ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ९ अर्ब ११ करोड ८३ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ८ अर्ब ५५ करोड १५ लाख रुपैयाँ, एशियन लाइफले ७ अर्ब २४ करोड ७० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

    त्यस्तै, सिटिजन लाइफले ६ अर्ब ६ करोड ७१ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ५ अर्ब ४२ करोड ४४ लाख रुपैयाँ, आइएमई लाइफले ४ अर्ब ९५ करोड १३ लाख रुपैयाँ, मेट लाइफले ४ अर्ब ९० करोड ५४ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ४ अर्ब ४४ करोड ९० लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ४ अर्ब १९ करोड २२ लाख रुपैयाँ र सन नेपाल लाइफले ३ अर्ब १७ करोड १९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

    जीवन बीमकको व्यवसाय (रकम रु. लाखमा)

    null


    अर्थ चाैतारी
  • शुक्रबार, ११ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट