logo

२०८३ बैशाख १५, मंगलबार

logo
  • २०८३ बैशाख १५, मंगलबार
  • प्राइम कमर्सियल बैंकको खुद नाफा ३८.५८ प्रतिशतले बढ्यो, ९ महिनामा उठायाे ६ अर्ब ८४ करोड ब्याज

    प्राइम कमर्सियल बैंकको खुद नाफा ३८.५८ प्रतिशतले बढ्यो, ९ महिनामा उठायाे ६ अर्ब ८४ करोड ब्याज

    637
    SHARES
    प्राइम कमर्सियल बैंकको खुद नाफा ३८.५८ प्रतिशतले बढ्यो, ९ महिनामा उठायाे ६ अर्ब ८४ करोड ब्याज

    काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (चैत मसान्त) सम्मको उत्साहजनक वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले अघिल्लो वर्षको तुलनामा आफ्नो खुद नाफामा ३८.५८ प्रतिशतको उच्च वृद्धि गर्न सफल भएको छ।



    चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले ३ अर्ब ८ करोड ९३ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको यस्तो नाफा २ अर्ब २२ करोड ९३ लाख ४ हजार रुपैयाँ मात्र सीमित थियो।

    समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.७१ प्रतिशतले बढेर ६ अर्ब ८४ करोड १२ लाख ४२ हजार रुपैयाँ पुगेको छ। गत आवको यसै अवधिमा यस्तो आम्दानी ६ अर्ब ६६ करोड १३ लाख ८२ हजार रुपैयाँ रहेको थियो। यस्तै, बैंकको खुद फि तथा कमिसन आम्दानी पनि १२.७४ प्रतिशतले बढेर १ अर्ब ३७ करोड ११ लाख १६ हजार रुपैयाँ पुगेको छ।

    बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ६.७० प्रतिशतले बढेर ८ अर्ब ९० करोड ५५ लाख रुपैयाँ पुगेको छ। बैंकको सञ्चालन मुनाफामा पनि उल्लेख्य सुधार आएको छ। समीक्षा अवधिमा सञ्चालन मुनाफा ३१.५७ प्रतिशतले बढेर ४ अर्ब ८९ करोड ३९ लाख ३७ हजार रुपैयाँ पुगेको छ।

    विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा ७७ करोड ३० लाख ३ हजार रुपैयाँ रहेको छ। यस आधारमा बैंकको वार्षिक प्रतिशेयर लाभांश क्षमता ४ रुपैयाँ ७६ पैसा देखिएको छ। बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब ३३ करोडबाट घटेर १ अर्ब ५४ करोड ३७ लाख ३२ हजार रुपैयाँमा झरेकाले पनि नाफा बढ्न मद्दत पुगेको छ।

    नाफामा भएको वृद्धिसँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) मा पनि सुधार आएको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ३४ पैसाले बढेर १९ रुपैयाँ ६६ पैसा कायम भएको छ। यस्तै, बैंकको प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ४८ पैसा र मूल्य आम्दानी अनुपात १२.१५ गुणा रहेको छ। बैंकको खराब कर्जा भने ५.६५ प्रतिशतबाट बढेर ६.३९ प्रतिशत पुगेको छ।

    हाल १९ अर्ब ४० करोड २५ लाख ७१ हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १४ अर्ब १६ करोड ३२ लाख १८ हजार रुपैयाँ सञ्चित छ। बैंकले चैत मसान्तसम्ममा २ खर्ब ७१ अर्ब ३१ करोड ४३ लाख ९७ हजार रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २२ करोड ६८ लाख ८७ हजार रुपैयाँ कर्जा परिचालन गरेको छ।


    अर्थ चाैतारी
  • मंगलबार, १५ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट