logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • भारतीय रिजर्भ बैंकको डेपुटी गभर्नरमा रोहित जैन नियुक्त

    भारतीय रिजर्भ बैंकको डेपुटी गभर्नरमा रोहित जैन नियुक्त

    598
    SHARES
    भारतीय रिजर्भ बैंकको डेपुटी गभर्नरमा रोहित जैन नियुक्त

    काठमाण्डौ । भारतीय रिजर्भ बैंक (आरबीआई) का कार्यकारी निर्देशक रोहित जैनलाई डेपुटी गभर्नर पदमा नियुक्त गरेको छ।



    भारत सरकारले केन्द्रीय बैंकको डेपुटी गभर्नरमा जैनलाई शनिबार नियुक्त गरेको हो । जैनले आइतबारदेखि कार्यभार सम्हालेका छन् । उनको कार्यकाल तीन वर्षको हुनेछ ।

    जैनले केन्द्रीय बैंकमा करिब ३० वर्ष सेवा गरिसकेका छन् । यसअघि उनले कार्यकारी निर्देशकको रूपमा बैंकिङ सुपरीवेक्षण लगायतका विभिन्न महत्वपूर्ण विभागहरूको जिम्मेवारी सम्हाल्दै आएका थिए।

    भारत सरकारले टी. रवि शंकरको कार्यकाल शनिबार सकिएपछि उनी रहेको डेपुटी गभर्नर पदमा जैनलाई नियुक्त गरेको हो । रवि शंकर सन् २०२१ मा डेपुटी गभर्नर नियुक्त भएका थिए भने २०२४ मा कार्यकाल थपिएको थियो ।

    डेपुटी गभर्नरको दौडमा विवेक दीप, रोहित जैन, राधा श्याम राथो र अजय कुमार जस्ता वरिष्ठ कार्यकारी निर्देशकहरू रहेका थिए। उनीहरूलाई पछि पार्दै जैन डेपुटी गभर्नर बनेका हुन् । उनी डिसेम्बर २०२० देखि आरबीआईको कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए ।

    यससँगै जैन र सन् २०२५ अक्टोबरमा पदोन्नति भएका एससी मुर्मु संस्थाभित्रैबाट डेपुटी गभर्नर बन्ने अधिकारी भएका छन् । अन्य डेपुटी गभर्नरहरूमा अर्थशास्त्री पुनम गुप्ता र बैंकर स्वामीनाथन जे. रहेका छन्, जो आरबीआई बाहिरबाट नियुक्त भएका हुन् ।


    अर्थ चाैतारी
  • आइतबार, २० बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट