logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • ‘क्याम्पा इनर्जी गोल्ड बुस्ट’ नेपालमा, २५० एमएल क्यानको ८० रुपैयाँ पर्ने

    ‘क्याम्पा इनर्जी गोल्ड बुस्ट’ नेपालमा, २५० एमएल क्यानको ८० रुपैयाँ पर्ने

    377
    SHARES
    ‘क्याम्पा इनर्जी गोल्ड बुस्ट’ नेपालमा, २५० एमएल क्यानको ८० रुपैयाँ पर्ने
    काठमाण्डौ । सीजी रिलायन्स बेभरेज प्रालिले नेपालमा क्याम्पा इनर्जी गोल्ड बुस्ट सार्वजनिक गरेको छ। यसले ऊर्जा पेय (इनर्जी ड्रिंक) खण्डमा आफ्नो उपस्थिति थप सुदृढ बनाउँदै क्याम्पा कोला, क्याम्पा लेमन र क्याम्पा अरेन्ज सहितको क्याम्पा पोर्टफोलियो विस्तार गरेको हो।
    यससँगै सीजी रिलायन्सले कार्बोनेटेड सफ्ट ड्रिंक भन्दा बाहिर आफ्नो विस्तारलाई निरन्तरता दिँदै ऊर्जा पेय श्रेणीमा आफ्नो स्थान अझ मजबुत बनाएको छ।
    क्याम्पा इनर्जी गोल्ड बुस्ट एक अन्तर्राष्ट्रिय स्तरको ऊर्जा पेय हो, जसलाई विश्वस्तरीय गुणस्तर र प्रदर्शनलाई ध्यानमा राखेर तयार गरिएको हो। सीजी रिलायन्सले यसलाई सुलभ मूल्यमा उपभोक्तामाझ उपलब्ध गराएको छ।
    कम्पनीका अनुसार २५० एमएल क्यानको ८० रुपैयाँ पर्नेछ। क्याम्पा इनर्जी गोल्ड बुस्ट देशभरका खुद्रा आउटलेटहरूमा उपलब्ध भइसकेको छ, जसलाई सीजी रिलायन्सले आफ्नो बलियो वितरण सञ्जालमार्फत विस्तार गरेको छ। यो उत्पादन मकवानपुरको मनहरीस्थित सीजीको बोटलिङ प्लान्टमा उत्पादन गरिएको हो, जसले गुणस्तर र निरन्तर आपूर्ति सुनिश्चित गर्छ।
    उपभोक्ताबाट प्राप्त प्रारम्भिक प्रतिक्रियाअनुसार यसको स्वाद, क्याफिनको प्रभाव तथा दिने ‘किक’ प्रति सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको कम्पनीको दाबी छ।


    अर्थ चाैतारी
  • आइतबार, २० बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट