काठमाण्डौ । सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३ जारी गरेको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट जारी भएको उक्त अध्यादेश आजको नेपाल राजपत्रमा प्रकाशित भएको छ ।
संघीय संसद्को अधिवेशन नभएको अवस्थामा तत्काल संशोधन आवश्यक देखिएकाले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम यो अध्यादेश ल्याइएको राजपत्रमा उल्लेख छ । अध्यादेशमार्फत नेपालका प्रमुख ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका ऐनमा रहेका विभिन्न दफा तथा उपदफाहरू झिकिएका वा खारेज गरिएका छन् ।
बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान), चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रावधानमा हेरफेर गरिएको छ ।
विशेष गरी यी प्रतिष्ठानका पदाधिकारीहरूको नियुक्ति, पदावधि र केही प्रशासनिक अधिकारसँग सम्बन्धित दफाहरूमा संशोधन गरिएको देखिएको छ। जसअनुसार उनीहरू पदमुक्त भएका छन् ।
Skip to PDF content
अर्थ चाैतारी ।