logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • नवनियुक्त आईजी पौडेललाई दर्ज्यानी चिन्ह प्रदान

    नवनियुक्त आईजी पौडेललाई दर्ज्यानी चिन्ह प्रदान

    481
    SHARES
    नवनियुक्त आईजी पौडेललाई दर्ज्यानी चिन्ह प्रदान

    काठमाण्डौ । सशस्त्र प्रहरी बलका नवनियुक्त आईजी नारायणदत्त पौडेललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । लसोमबार गृह सचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।



    नेपाल सरकार मन्त्रिपरिषद्ले वैशाख १९ गतेबाट लागु हुने गरी नारायणदत्त पौडेललाई आईजी नियुक्त गरेको थियो । यसअघिका आईजी राजु अर्याल अवकाशमा गएसँगै पौडेललाई नयाँ आईजी नियुक्त गरिएको थियो । अर्याल र पौडेल ब्याचमेट हुन् ।

    आईजीको चार वर्षे सेवा अवधि पुरा गरेर अवकाश पाएका अर्यालले २०७९ वैशाख १९ बाट सशस्त्र प्रहरीको कमान्ड समालेका थिए । सशस्त्र प्रहरीमा आईजीको पदावधि ४ वर्ष हुने व्यवस्था छ । २०५४ चैत १८ मा इन्स्पेक्टरबाट नेपाल प्रहरीमा प्रवेश गरेका अर्याल सशस्त्र प्रहरी बलमा स्थानान्तरण भएका थिए ।


    अर्थ चाैतारी
  • सोमबार, २१ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट