logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • वायुसेवा निगम र नागरिक उड्डयन प्राधिकरणको नेतृत्वका लागि ४८ जनाको आवेदन

    वायुसेवा निगम र नागरिक उड्डयन प्राधिकरणको नेतृत्वका लागि ४८ जनाको आवेदन

    546
    SHARES
    वायुसेवा निगम र नागरिक उड्डयन प्राधिकरणको नेतृत्वका लागि ४८ जनाको आवेदन

    काठमाण्डौ । नेपाल सरकारले नेपाल वायुसेवा निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणका रिक्त पदहरूमा खुला प्रतिस्पर्धाका माध्यमबाट पदपूर्ति गर्ने प्रक्रिया अगाडि बढाएको छ । १२ गते गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित सूचना जारी गर्दै आवेदन मागेको थियो ।



    उक्त सूचनाका आधारमा नेपाल वायुसेवा निगमको रिक्त ५ जना सञ्चालक समिति सदस्य पदका लागि २७ जनाले आफ्नो आवेदन दर्ता गराएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदका लागि २१ जना प्रतिस्पर्धीहरूले आवेदन दिएका छन् । दुवै निकायमा गरी कुल ४८ जनाले नेतृत्वका लागि इच्छा देखाएका हुन् ।

    पारदर्शी र प्रतिस्पर्धी प्रक्रियाबाट योग्य उम्मेदवार चयन गर्नका लागि यो आवेदन माग गरिएको हो । अब प्राप्त आवेदनहरूको मूल्याङ्कन गरी छनोट प्रक्रिया अगाडि बढाइने मन्त्रालयले जनाएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, २२ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट