logo

२०८३ जेष्ठ २, शनिबार

logo
  • २०८३ जेष्ठ २, शनिबार
  • चीनद्वारा एकसाथ पाँच उपग्रह प्रक्षेपण

    चीनद्वारा एकसाथ पाँच उपग्रह प्रक्षेपण

    455
    SHARES
    चीनद्वारा एकसाथ पाँच उपग्रह प्रक्षेपण

    काठमाण्डौ । चीनले शुक्रबार ‘लिजियान’ वाहक रकेट प्रक्षेपण गर्दै पाँचवटा उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ। यो रकेट उत्तरपश्चिम चीनस्थित डोङफेङ व्यावसायिक अन्तरिक्ष नवप्रवर्तन परीक्षण क्षेत्रबाट बेइजिङ समयअनुसार शुक्रबार दिउँसो १२:३३ बजे प्रक्षेपण गरिएका हुन्।



    रकेटले सबै उपग्रहहरूलाई सफलतापूर्वक निर्धारित कक्षामा पुर्‍याएको जनाइएको छ। यो मिसन लिजियान रकेटको १३औँ उडान तथा लिजियान शृंखलाको १४औँ प्रक्षेपण हो। हालसम्म लिजियान शृंखलाले कुल १०० वटा उपग्रह अन्तरिक्षमा पठाइसकेको छ भने कक्षामा स्थापित सामग्रीको कुल तौल १८ टनभन्दा बढी पुगेको छ।

    चीनले विकास गरेको लिजियान ठोस इन्धन प्रयोग गर्ने वाहक रकेट हो, जसमा तीव्र प्रतिक्रिया क्षमता छ। कम्पनीका अनुसार यसले सार्वभौमिक प्लाटफर्ममा आधारित डिजाइन अपनाएको छ, जसले विभिन्न प्रकारका उपग्रह मिसनहरूसँग सजिलै अनुकूलन हुन सक्ने सुविधा प्रदान गर्छ।

    यस प्रक्षेपणमा पठाइएको ‘तियानयान-२७’ नामक उपग्रहमा अन्तरिक्ष प्रदर्शन स्क्रिन, अन्तरिक्ष निगरानी क्यामेरा, इन्फ्रारेड क्यामेरा तथा स्मार्ट डाटा प्रशोधन प्रणाली जडान गरिएको छ। यस उपग्रहले नयाँ इन्फ्रारेड दूरसंवेदी प्रविधिको कक्षीय परीक्षण गर्नुका साथै अन्तरिक्षमा प्रदर्शन, सेल्फी खिच्ने तथा बुद्धिमत्तापूर्ण डाटा प्रशोधनसम्बन्धी कार्यहरू गर्नेछ।

    कम्पनीले आगामी दिनमा मोड्युलर समग्र डिजाइन, रकेट पुनःप्रयोग तथा सम्पूर्ण रकेटको स्वास्थ्य निगरानी र मर्मतजस्ता क्षेत्रमा थप अनुसन्धान र विकासलाई निरन्तरता दिने जनाएको छ।


    अर्थ चाैतारी
  • शनिबार, २ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट