काठमाण्डौ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले संसद्मा पर्चा पम्प्लेट प्रदर्शन नगर्न सांसदलाई निर्देशन दिएका छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा श्रम संस्कृति पार्टीका सांसदले पर्चासहित सरकारको विरोध गरेका थिए। उनीहरूले सभामुख आसन अगाडि वेलमा पुगेर मौन प्रदर्शन गरेका हुन्।
त्यसपछि सभामुख अर्यालले यस्ता खालका गतिविधि संसदीय मर्यादाविपरित रहेकाले नगर्न सचेत गराएका छन्। ‘संसद कानुन निर्माण गर्ने महत्त्वपूर्ण थलो हो। त्यसकारणले विरोध गर्ने विभिन्न शैलीहरू हुन्छन् तर मर्यादामा बसेर विरोध गर्नुपर्ने हुन्छ,’ अर्यालले भने, ‘मर्यादामा रहेर विरोध गर्न म यहाँहरूलाई यो आदेशकै रुपमा लिइदिन जानकारी गराउँदछु।’
श्रम संस्कृति पार्टीका सांसदहरू घाँटीमा सरकारको विरोधमा लेखिएको पर्चा झुन्ड्याएर बैठकमा सहभागी भएका छन्।
अर्थ चाैतारी ।