logo

२०८३ जेष्ठ ४, सोमबार

logo
  • २०८३ जेष्ठ ४, सोमबार
  • सन्दीप बने ODI मा सबैभन्दा छिटो १५० विकेट लिने बलर, तोडियो अष्ट्रेलियाका स्टार्कको रेकर्ड

    सन्दीप बने ODI मा सबैभन्दा छिटो १५० विकेट लिने बलर, तोडियो अष्ट्रेलियाका स्टार्कको रेकर्ड

    390
    SHARES
    सन्दीप बने ODI मा सबैभन्दा छिटो १५० विकेट लिने बलर, तोडियो अष्ट्रेलियाका स्टार्कको रेकर्ड

    काठमाण्डौ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने एकदिवशीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने खेलाडी बनेका छन् । उनले ७३ खेल मै १५० विकेट लिएर यो किर्तिमान आफ्नो नाममा गरेका हुन् ।



    आज टियु क्रिकेट ग्राउण्डमा स्कटल्याण्डसँग भईरहेको खेलमा उनले थप २ विकेट लिएसंगै उनले सबैभन्दा कम खेलमा १५० विकेट लिने किर्तिमान कायम गरेका हुन् ।

    यस अघि यो रेकर्ड अष्ट्रेलियाका मिचेल स्टार्कको नाममा थियो। स्टार्कले ७७ ओडीआई खेलमा यो उपलब्धि हासिल गरेका थिए। तर, नेपाली लेग स्पिनर सन्दीप लामिछानेले ७३ खेल मै १५० विकेट लिएर नयाँ रेकर्ड कायम गरेका हुन् ।

    सन्दीप लामिछाने नेपाली क्रिकेटका सर्वकालीन सर्वाधिक विकेट लिने बलर हुन्। उनले यसअघि नै १०० ओडीआई विकेट सबैभन्दा छिटो (४२ इनिङ्समा) पूरा गरेको कीर्तिमान बनाइसकेका छन्। उनको लेग स्पिन र गुग्लीले विश्वभरका ब्याट्सम्यानहरूलाई समस्या पार्दै आएको छ।

    सन्दीपको कीर्तिमान यात्रा:

    ५० विकेट: २२ इनिङ्स (दोस्रो छिटो)
    १०० विकेट: ४२ इनिङ्स (सबैभन्दा छिटो)
    १५० विकेट: ७३ इनिङ्स (सबैभन्दा छिटो)


    अर्थ चाैतारी
  • सोमबार, ४ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट