logo

२०८३ जेष्ठ ५, मंगलबार

logo
  • २०८३ जेष्ठ ५, मंगलबार
  • संसद्‌मा प्लेकार्ड देखाएर साम्पाङले गरे विरोध प्रदर्शन

    संसद्‌मा प्लेकार्ड देखाएर साम्पाङले गरे विरोध प्रदर्शन

    312
    SHARES
    संसद्‌मा प्लेकार्ड देखाएर साम्पाङले गरे विरोध प्रदर्शन

    काठमाण्डौ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा विपक्षी दल श्रम संस्कृति पार्टीले विरोध जनाएको छ।



    बैठक सुरु भएलगत्तै पार्टीका अध्यक्ष हर्कराज राईसहितका सांसदले आ–आफ्नो स्थानबाट उठेर प्लेकार्ड देखाउँदै विरोध प्रदर्शन गरेका हुन्। संसद्को कारबाही अगाडि बढिरहँदा श्रम संस्कृति पार्टीका सांसदले विभिन्न माग अंकित प्लेकार्डसहित उभिएर सदनको ध्यान आकर्षण गराएका हुन्।

    सोमबार पनि श्रम संस्कृति पार्टीले प्लेकार्ड बोकेर प्रदर्शन गरेको थियो। लगातार दोस्रो दिन पनि संसद् बैठकमा श्रम संस्कृति पार्टीले आफ्नो असन्तुष्टि व्यक्त गर्दै विरोधलाई निरन्तरता दिएको छ।


    अर्थ चाैतारी
  • मंगलबार, ५ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट