logo

२०८३ जेष्ठ ८, शुक्रबार

logo
  • २०८३ जेष्ठ ८, शुक्रबार
  • १० महिनामा १४ खर्ब ४३ अर्ब ब्यापार घाटा

    १० महिनामा १४ खर्ब ४३ अर्ब ब्यापार घाटा

    299
    SHARES
    १० महिनामा १४ खर्ब ४३ अर्ब ब्यापार घाटा

    काठमाण्डौ । चालु आर्थिक वर्षको १० महिना (श्रावणदेखि बैशाखसम्म)मा नेपालको ब्यापार घाटा झण्डै साढे १४ खर्ब रुपैयाँ पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि बैशाख सम्मको वैदेशिक ब्यापारको तथ्याङ्क अनुसार नेपालले १० महिनामा १४ खर्ब ४३ अर्ब ६७ करोड ब्यापार घाटा ब्यहोरेको हो ।



    यस अवधिमा १६ खर्ब ९२ अर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात हुँदा निर्यात भने २ खर्ब ४८ अर्बमा सिमित भएको छ ।

    गत आर्थिक वर्षको १० महिनामा नेपालको ब्यापार घाटा १२ खर्ब ५६ अर्ब थियो । यस वर्षको सोही अवधिमा ब्यापार घाटा १४.९२ प्रतिशतले बढेको भन्सार विभागको तथ्याङ्क छ ।

    गत आर्थिक वर्षको यस अवधिमा २ खर्ब १७ अर्बको निर्यात भएकोमा यसपाली निर्यात १४.२५ प्रतिशतले बढेर २ खर्ब ४८ अर्ब पुगेको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, ८ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट