logo

२०८३ जेष्ठ ८, शुक्रबार

logo
  • २०८३ जेष्ठ ८, शुक्रबार
  • रविको मुद्दामा अभियोगपत्र संशोधन, ‘सहकारी ठगी’ को मुद्दालाई मात्र निरन्तरता

    रविको मुद्दामा अभियोगपत्र संशोधन, ‘सहकारी ठगी’ को मुद्दालाई मात्र निरन्तरता

    26
    SHARES
    रविको मुद्दामा अभियोगपत्र संशोधन, ‘सहकारी ठगी’ को मुद्दालाई मात्र निरन्तरता

    काठमाण्डौ । कास्की जिल्ला अदालतले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा दर्ता भएको मुद्दामा रवि लामिछानेसहितको ‘संगठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’ को दाबी हटाउन सरकारलाई अनुमति दिएको छ । न्यायाधीश हिमलाल बेल्बासेको इजलासले अभियोगपत्र संशोधन गरी ‘सहकारी ठगी’ को मुद्दालाई मात्र निरन्तरता दिने गरी आदेश जारी गरेको हो ।



    गोविन्द अधिकारी समेतको जाहेरीले नेपाल सरकार वादी रहेको उक्त मुद्दामा गितेन्द्र बाबु (जीबी) राई, छविलाल जोशी र रवि लामिछाने लगायतलाई प्रतिवादी बनाइएको छ । जिल्ला सरकारी वकील कार्यालय, कास्कीले साविकको अभियोगपत्रमा संशोधनको माग गर्दै अदालतमा निवेदन दिएको थियो । सरकारी पक्षको माग ‘संगठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’ को दाबी कायम नराखी केवल ‘सहकारी ठगी’ को मुख्य अभियोगमा मात्र कारबाही अगाडि बढाउने भन्ने थियो ।

    अदालतले पीडित बचतकर्ताहरूको रकम छिटो र सहज रूपमा फिर्ता गराउनु नै यस मुद्दाको मुख्य विषयवस्तु रहेको उल्लेख गरेको छ । आदेशमा भनिएको छ, ‘पीडित जाहेरवालाहरूको बचत रकम सहज र शीघ्र फिर्ता दिलाउनु न्यायिक निरूपणको मूल विषयवस्तु रहेको र जाहेरवालाहरूले पनि सोही माग गरेको देखिन्छ ।’

    अदालतले संगठित अपराध र सम्पत्ति शुद्धीकरणको दाबी रहिरहँदा प्रतिवादी र जाहेरवालाबीच मिलापत्र हुने वा रकम फिर्ता पाउने प्रक्रिया थप जटिल र कानुनी रूपमा समय लाग्ने देखिएकाले अभियोगपत्र संशोधन गर्न अनुमति दिएको हो ।

    यसअघि प्रतिवादी रवि लामिछानेको हकमा मात्र भएको यस्तो निर्णयलाई अब अन्य प्रतिवादीहरूको हकमा पनि लागू हुने गरी त्रुटि सच्याइएको आदेशमा उल्लेख छ ।

    1

    2


    अर्थ चाैतारी
  • शुक्रबार, ८ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट