logo

२०८३ जेष्ठ ८, शुक्रबार

logo
  • २०८३ जेष्ठ ८, शुक्रबार
  • ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया

    ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया

    39
    SHARES
    ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया

    काठमाण्डौ । ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया अनुबन्ध भएको छ ।​



    सेरामिक र भिट्रिफाइड टायल उद्योगको अग्रणी ब्रान्ड कजारियाले सौन्दर्य, बौद्धिकता, आत्मविश्वास र महत्वाकांक्षालाई उजागर गर्ने नेपालको सबैभन्दा प्रतिष्ठित एवं प्रभावशाली मञ्च मध्येको एक ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकका रूपमा आफ्नो आबद्धता घोषणा गर्दै खुसी व्यक्त गरेको छ ।​

    यससम्बन्धी औपचारिक पत्रकार सम्मेलन २०८३ जेठ ७ मा ललितपुरको पुल्चोकस्थित ’द प्लाजा’ मा आयोजना गरिएको थियो । यो साझेदारी केवल एक प्रायोजन मात्र नभई नेपालीहरूको आकांक्षासँग जोडिने कजारियाको प्रतिबद्धता पनि रहेको कम्पनीले जनाएको छ ।

    यस मञ्चले सपनाहरूलाई प्रेरित गर्ने, सफलताको उत्सव मनाउने र आत्मविश्वासले भरिएको नयाँ पुस्तालाई सशक्त बनाउने लक्ष्य राखेको छ । मिस नेपाल २०२६ सँगको यस आबद्धतामार्फत् कजारियाले टायल र डिजाइन सोलुसन्सको दायराभन्दा बाहिर गएर आफ्नो उपस्थितिलाई मजबुत बनाउने लक्ष्य राखेको छ ।

    यसले आफूलाई आकांक्षा, भव्यता, आत्मविश्वास र आधुनिक नेपाली उत्कृष्टतालाई प्रतिनिधित्व गर्ने ब्रान्डको रूपमा स्थापित गर्न खोजेको छ । यो सहकार्यले रचनात्मकता, महत्वाकांक्षा र रुपान्तरणलाई प्रतिबिम्बित गर्ने मञ्चहरूसँग हातेमालो गर्ने कजारियाको दृष्टिकोणलाई थप सबल बनाएको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, ८ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट