logo

२०८३ जेष्ठ १२, मंगलबार

logo
  • २०८३ जेष्ठ १२, मंगलबार
  • सिन्धुलीको खुर्कोट हिरासतमा थुनुवा मृत्यु प्रकरण: १० जना प्रहरीलाई कारबाहीको सिफारिस

    सिन्धुलीको खुर्कोट हिरासतमा थुनुवा मृत्यु प्रकरण: १० जना प्रहरीलाई कारबाहीको सिफारिस

    312
    SHARES
    सिन्धुलीको खुर्कोट हिरासतमा थुनुवा मृत्यु प्रकरण: १० जना प्रहरीलाई कारबाहीको सिफारिस

    काठमाण्डौ । इलाका प्रहरी कार्यालय खुर्कोट, सिन्धुलीको हिरासत कक्षमा थुनुवाको मृत्यु भएको घटनामा प्रहरी उपरीक्षक (एसपी) देखि प्रहरी जवानसम्म गरी १० जना प्रहरी कर्मचारीहरूलाई कारबाहीको सिफारिस गरिएको छ। हिरासत कक्षमा रहेका सिन्धुली सुनकोशी गाउँपालिका-३ जुम्लीडाँडा बस्ने २३ वर्षीय श्रीकृष्ण विकको मृत्यु भएको घटनाको छानबिन गर्न गठित प्रहरी नायब महानिरीक्षक दिनेश कुमार आचार्य नेतृत्वको छानबिन समितिले उनीहरूलाई कारबाहीका लागि सिफारिस गरेको हो।



    छानबिन समितिले दोषी देखिएका प्रहरीहरूमध्ये एक जनालाई सचेत गराउने, दुई जनालाई ध्यानाकर्षण गराउने र पाँच जनालाई सख्त चेतावनीसहित जिम्मेवारीबाट अलग गर्ने सिफारिस गरेको छ। त्यस्तै, बाँकीमध्ये एक जनालाई नसिहत र अर्का एक जनालाई ग्रेड घटुवा गर्न समितिले सिफारिस गरेको छ।

    यसका साथै समितिले हिरासतमा रहेका व्यक्तिको जीवन सुरक्षालाई उच्च प्राथमिकतामा राखी कार्य गर्न, हिरासत व्यवस्थापन कार्य निर्देशन, २०८१ को पूर्ण कार्यान्वयन र कार्य सुनिश्चितता गर्न सरकार एवं प्रहरी प्रशासनलाई सुझाव दिएको छ। डिउटीका समयमा अन्य काममा संलग्न नहुने तथा नियमित निगरानी सुनिश्चित गर्ने सुझाव दिँदै समितिले हिरासतभित्र कुनै पनि असामान्य गतिविधि भएमा तुरुन्तै रिपोर्ट गर्ने प्रणाली अनिवार्य रूपमा कार्यान्वयन गर्न लगाउनुपर्नेमा जोड दिएको छ।

    विशेषतः अन्तर्जातीय सम्बन्ध, नाबालिग संलग्नता तथा सामाजिक तनाव उत्पन्न हुन सक्ने घटनाहरूमा आवश्यक तथ्य संकलन, पक्षहरू एवम् परिवारजनसँग समन्वय तथा अनुसन्धान सम्बन्धी निर्णयहरूमा कार्यालय प्रमुखको प्रत्यक्ष निगरानी र सक्रिय संलग्नता सुनिश्चित गर्न समितिले सुझाव दिएको छ।

    यसैगरी जिल्ला प्रहरी प्रमुखलाई हिरासत व्यवस्थापन जस्तो संवेदनशील विषयमा नियमित अनुगमन, निरीक्षण तथा सुपरीवेक्षणलाई अझ प्रभावकारी बनाउन समितिले भनेको छ। मुद्दा चलाउने कार्यालयलाई आवश्यक जनशक्ति व्यवस्थापन, घटना एवम् सूचना व्यवस्थापन तथा समन्वयलाई थप सुदृढ गर्न सचेत गराउँदै प्रत्येक प्रहरी इकाइमा आवधिक निरीक्षण, हिरासत अवस्थाको नियमित मूल्याङ्कन तथा सुधारमुखी कार्ययोजना कार्यान्वयन गर्न समेत समितिले महत्त्वपूर्ण सुझाव दिएको छ।


    अर्थ चाैतारी
  • मंगलबार, १२ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट