logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • वैदेशिक रोजगार व्यवसायी संघको विशेष साधारणसभा जेठ २४ गते हुने

    वैदेशिक रोजगार व्यवसायी संघको विशेष साधारणसभा जेठ २४ गते हुने

    546
    SHARES
    वैदेशिक रोजगार व्यवसायी संघको विशेष साधारणसभा जेठ २४ गते हुने

    काठमाण्डाै । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विशेष साधारणसभा जेठ २४ गते हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले संघलाई विधान, प्रचलित कानुन तथा स्थापित प्रक्रिया अनुसार गतिविधि सञ्चालन गर्न निर्देशन दिएसँगै विशेष साधारणसभा तथा निर्वाचन गर्न लागिएको हो ।



    जिल्ला प्रशासन कार्यालयले जारी गरेको पत्रमा संघका बहुमत पदाधिकारी तथा सदस्यहरूले राजीनामा दिएको जानकारी प्राप्त भएको र बहुमत पदाधिकारीले राजीनामा दिएपछि संघको सल्लाहकार समितिले विधानबमोजिम कार्यसमिति स्वतः विघटन भएको निष्कर्ष निकाल्दै प्रवन्ध समिति गठन गरी विशेष साधारणसभा बोलाउने निर्णय गरेको उल्लेख छ ।

    अब जेठ २४ गते विशेष साधारणसभासहित नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुनेछ । प्रशासनले प्रहरी परिसर काठमाडौंलाई आवश्यक सुरक्षा व्यवस्था मिलाउन पनि बोधार्थ पठाएको छ ।

    यसअघि संघका अध्यक्ष भुवनसिंह गुरुङले मनपरी ढंगबाट काम गरेको आरोप लगाउँदै महासचिव महेश बस्नेतसहित बहुमत पदाधिकारी तथा सदस्यहरूले वैशाख १४ गते सामूहिक राजीनामा दिएका थिए । त्यसपछि पूर्वअध्यक्षहरू समेतको सहभागितामा प्रवन्ध समिति गठन गरिएको थियो ।


    अर्थ चाैतारी
  • विहिबार, १४ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट