logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • सामसङ नेपालको अपग्रेड टु ग्यालेक्सी अफर सार्वजनिक: आकर्षक एक्सचेन्ज, बोनस र सजिलो ईएमआई सुविधा !

    सामसङ नेपालको अपग्रेड टु ग्यालेक्सी अफर सार्वजनिक: आकर्षक एक्सचेन्ज, बोनस र सजिलो ईएमआई सुविधा !

    520
    SHARES
    सामसङ नेपालको अपग्रेड टु ग्यालेक्सी अफर सार्वजनिक: आकर्षक एक्सचेन्ज, बोनस र सजिलो ईएमआई सुविधा !

    काठमाण्डौ । सामसङ नेपालले आफ्ना ग्राहकहरूका लागि विशेष “अपग्रेड टु ग्यालेक्सी” अभियान घोषणा गरेको छ, जसअन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो मोबाइल साटेर नयाँ ग्यालेक्सी स्मार्टफोन सिरिजमा सहज रूपमा अपग्रेड गर्न सक्नेछन्। यस अफरमार्फत ग्राहकहरूले आकर्षक छुट, थप एक्सचेन्ज बोनस, विशेष टेलिकम अफर तथा सहज फाइनान्सिङ सुविधा प्राप्त गर्न सक्नेछन्। अभियान अन्तर्गत ग्राहकहरूले शुन्य प्रतिशत डाउन पेमेन्टमा २४ महिनासम्मको EMI सुविधा पनि पाउनेछन्।



    ग्राहकहरूले आफ्नो पुरानो सेलेक्टेड डिभाइस ल्याएर त्यसको मूल्यसँगै अधिकतम रु. ८,००० सम्मको अतिरिक्त एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन्। सामसङ ग्राहकहरूको पहुँच अझ सहज बनाउन सामसङले एस २६ अल्ट्रामा १० हजार रूपैयाँ छुट र ८००० एक्सचेञ्ज बेनस, एस २६ प्लसमा २३ हजार छुट र ८००० एक्सचेञ्ज बेनस, एस २६ मा १० हजार रूपैयाँ छुट र ८००० एक्सचेञ्ज बेनस, ए ५७ मा ५ हजार छुट र ५ हजार एक्सचेञ्ज बेनस र ए ३७ मा पनि ५ हजार छुट र ५ हजार एक्सचेञ्ज बेनस पाइने छ।

    यस विशेष अफरसँगै एनसेलके बोनस डेटा सुविधा पनि उपलब्ध हुनेछ। एस २६ सिरिजमा ३९९ रूपैयाँ न्युनतम एनसेल प्याक खरिद, प्रति रिचार्ज १५ जीबी बोनस डेटा र १२ पटक रिचार्जका लागि १८० जीबी कुल डेटा उपलब्ध हुने छ भने ए५७, ए३७, ए१७ र एम १७ मा २९९ रूपैयाँमा न्युनतम एनसेल प्याक खरिद, प्रति रिचार्ज १० जीबी बोनस डेटा र १२ पटक रिचार्जका लागि १२० जीबी कुल डेटा उपलब्ध हुनेछ।

    नयाँ सार्वजनिक गरिएको ग्यालेक्सी एस २६ सिरिज, सामसङको नवीनतम फ्ल्यागशिप इनोभेसन हो, जसले शक्तिशाली प्रदर्शन, उन्नत एआई-आधारित फिचरहरू तथा प्रिमियम प्रयोग अनुभव प्रदान गर्दछ। साथै, ग्यालेक्सी ए५७, र ए३७ फाइभजीले ग्यालेक्सी ए सिरिजमा स्मार्ट एआई फिचर, भरपर्दो परफर्मेन्स तथा आकर्षक डिजाइन उपलब्ध गराउँदै दैनिक प्रयोगकर्ताहरूलाई उत्कृष्ट अनुभव दिने लक्ष्य राखेको छ।

    यो अफर सीमित अवधिका लागि (मे २७ देखि जुन ३० सम्म) देशभरिका अधिकृत सामसङ रिटेल स्टोर तथा पार्टनर आउटलेटहरूमा उपलब्ध हुनेछ। ग्राहकहरूलाई ईएमआई योजना, एक्सचेन्ज सर्त तथा अन्य जानकारीका लागि नजिकैको सामसङ स्टोरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।


    अर्थ चाैतारी
  • विहिबार, १४ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट