logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • त्रिभुवन विमानस्थलमा नयाँ ट्याक्सीवे सञ्चालनमा: आकाशमा जहाज होल्ड हुने समस्या कम हुने विश्वास

    त्रिभुवन विमानस्थलमा नयाँ ट्याक्सीवे सञ्चालनमा: आकाशमा जहाज होल्ड हुने समस्या कम हुने विश्वास

    611
    SHARES
    त्रिभुवन विमानस्थलमा नयाँ ट्याक्सीवे सञ्चालनमा: आकाशमा जहाज होल्ड हुने समस्या कम हुने विश्वास

    काठमाण्डौ । काठमाण्डौस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण सम्पन्न गरिएको नयाँ समानान्तर ट्याक्सीवे ‘पी’ तथा रनवे २० तर्फका ट्याक्सीवे ‘एस’ र ‘टी’ को सञ्चालन शुभारम्भ गरिएको छ। बिहीबार बिहान एक विशेष समारोहका बिच ती नयाँ ट्याक्सीवेहरूको उद्घाटन गरी सञ्चालनमा ल्याइएको हो।



    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द निरौला तथा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक मुकेश डंगोलले संयुक्त रूपमा यसको उद्घाटन गरेका हुन्।

    नयाँ ट्याक्सीवे प्रणाली सञ्चालनमा आएपछि विमानस्थलमा जहाजहरूको ‘ग्राउण्ड मुभमेन्ट’ थप व्यवस्थित, सुरक्षित तथा प्रभावकारी हुने अपेक्षा गरिएको छ। यसले विमानहरू धावनमार्गमा रहने समय (रनवे अकुपेन्सी टाइम) लाई घटाउने छ। जसका कारण आकाशमा जहाज होल्ड हुने र धावनमार्गजाम हुने समस्या कम भई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समग्र सञ्चालन क्षमतामा उल्लेखनीय अभिवृद्धि हुने विश्वास लिइएको छ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यो परियोजना हवाई यातायात क्षमता अभिवृद्धि आयोजना अन्तर्गत निर्माण गरिएको हो। विमानस्थलको मौजुदा पूर्वाधारलाई सुदृढ बनाउँदै हवाई उडानलाई थप सुरक्षित र समयसापेक्ष बनाउने रणनीति अनुरूप यसलाई अघि बढाइएको थियो।

    उद्घाटन कार्यक्रममा पर्यटन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण, विमानस्थल कार्यालय, विभिन्न एयरलाइन्स कम्पनीहरू तथा परियोजनासँग सम्बन्धित विभिन्न निकायका उच्च अधिकारी एवं प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।


    अर्थ चाैतारी
  • विहिबार, १४ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट