काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को आयोजनामा आगामी भदौमा ‘नाडा अटो शो २०२६’ हुने १८औँ संस्करकाे अटाे शाे का लागि स्टल बुकिङ खुल्ला गरेकाे छ । नाडा अटो शो समितिले एक विज्ञप्ति जारी गर्दै सवारी साधन, पार्टपुर्जा, वित्तीय सेवा एवं सम्बन्धित सरोकारवाला संघ–संस्थाहरुलाई स्टल बुकिङका लागि आह्वान गरेको हो ।
प्रदर्शनीका लागि जेठ १८ गतेदेखि २६ गतेसम्म स्टल बुकिङ खुल्ला गरिएको नाडा अटो शो समितिका सभापति अनुपकुमार बरालले जानकारी दिए । नेपालको अटोमोबाइल क्षेत्रकै प्रतिष्ठित मानिने यस शो मा सहभागी हुन चाहने उद्योग तथा व्यवसायीहरूलाई समयमै स्टल सुरक्षित गर्न नाडाले आग्रह गरेको छ ।
यस अटो शो ले नेपालका अटोमोबाइल उत्पादक, आयातकर्ता, वितरक, सेवा प्रदायक तथा सम्बन्धित उद्योगहरूलाई आफ्ना नवीनतम उत्पादन, प्रविधि तथा सेवाहरू प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गर्दै आएको छ । यस वर्षको प्रदर्शनीमा हजारौँ आगन्तुक, उद्योग व्यवसायी, लगानीकर्ता तथा सञ्चारकर्मीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।
प्रदर्शनीको व्यवस्थापन ‘ग्लोबल एक्सपोजिसन’ (Global Exposition) ले गर्ने नाडाले जनाएको छ । स्टल बुकिङ सम्बन्धी विस्तृत जानकारी, आवेदन प्रक्रिया, शुल्क तथा अन्य आवश्यक विवरणहरू व्यवस्थापक कम्पनीबाट प्राप्त गर्न सकिने समितिले उल्लेख गरेको छ ।
अर्थ चाैतारी ।