logo

२०८३ जेष्ठ १७, आइतबार

logo
  • २०८३ जेष्ठ १७, आइतबार
  • विदेशी मुद्राको सञ्चितिलाई सदुपयोग गर्न सोभरेन वेल्थ फन्ड स्थापना गरिने

    विदेशी मुद्राको सञ्चितिलाई सदुपयोग गर्न सोभरेन वेल्थ फन्ड स्थापना गरिने

    455
    SHARES
    विदेशी मुद्राको सञ्चितिलाई सदुपयोग गर्न सोभरेन वेल्थ फन्ड स्थापना गरिने

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सोभरेन वेल्थ फन्ड स्थापना गर्न खोजेको बताएका छन् ।



    आइतबार अर्थ मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा पौडेलले विदेशी मुद्राको सञ्चिति धेरै भएको र त्यसको प्रतिफल कम भएको सन्दर्भमा त्यसको सदुपयोग गर्न सोभरेन वेल्थ फन्ड स्थापना गर्न खोजेको बताएका हुन् ।

    ‘हामीलाई ७ महिनाको आयात धान्ने विदेशी मुद्राको सञ्चिति भए पुग्छ । तर, १८ महिनाभन्दा बढीको आयात धान्ने विदेशी मुद्रा छ । तर, यसको प्रतिफल ४ प्रतिशत मात्रै हाराहारी भएको अवस्थामा छ,’ गभर्नर पौडेलले भने ।


    अर्थ चाैतारी
  • आइतबार, १७ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट