काठमाण्डौ । नेपालको अग्रणी ई–कमर्स प्लेटफर्म Daraz Nepal ले ‘६.६ मिड इयर शपिङ फेस्ट’ सार्वजनिक गरेको छ। कम्पनीले आगामी जेठ २२ गते राति ८ बजेदेखि जेठ २७ गतेसम्म सञ्चालन हुने अभियानमार्फत ग्राहकलाई ७५ प्रतिशतसम्म छुट, निःशुल्क डेलिभरी, विभिन्न भुक्तानी छुट तथा आकर्षक उपहारको व्यवस्था गरेको जनाएको छ।
दराजका अनुसार अभियान अवधिभर ग्राहकले विभिन्न श्रेणीका सामानमा विशेष छुट प्राप्त गर्न सक्नेछन्। कम्पनीले लोकप्रिय ब्रान्डहरूसँग सहकार्य गर्दै विशेष अफर ल्याएको छ। प्लाटिनम ब्रान्ड साझेदारहरूबाट १५ प्रतिशतसम्म, गोल्ड साझेदारहरूबाट ७० प्रतिशतसम्म तथा सिल्भर साझेदारहरूबाट ६५ प्रतिशतसम्म छुट उपलब्ध हुने जनाइएको छ।
यस अभियानको विशेष आकर्षणका रूपमा ‘ब्रान्ड रश आवर’ सञ्चालन गरिनेछ। जुन जेठ २२ गते राति ८ बजेदेखि २३ गते बिहान २ बजेसम्म तथा जेठ २५ गते राति ८ बजेदेखि मध्यरातसम्म सञ्चालन हुनेछ। यस अवधिमा ६६ भन्दा बढी ब्रान्डका विशेष अफर ग्राहकले प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
भुक्तानीमा थप लाभ दिन दाराजले Nabil Bank सँग सहकार्य गरेको छ। बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशतसम्म (अधिकतम ७५० रुपैयाँ) तथा डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशतसम्म (अधिकतम ५०० रुपैयाँ) छुट पाउनेछन्। त्यस्तै eSewa र Khalti by IME प्रयोगकर्ताले ब्रान्ड रश आवरमा १२ प्रतिशतसम्म तथा अन्य समयमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
अभियानलाई थप आकर्षक बनाउन दाराजले ‘शप बिग, विन बिगर’ योजना पनि ल्याएको छ। यसअन्तर्गत कम्तीमा १० हजार रुपैयाँ बराबरको खरिद गर्ने ग्राहक स्वतः लक्की ड्रमार्फत करिब १ लाख ६५ हजार रुपैयाँ मूल्य बराबरको Hisense 65-inch QLED VIDA TV जित्ने अवसरमा सहभागी हुनेछन्। त्यसैगरी ५ हजार रुपैयाँभन्दा बढी खरिद गर्ने ग्राहकले ‘बाइ एन्ड विन’ योजनाअन्तर्गत विभिन्न पुरस्कार जित्न सक्नेछन्। यसमा फिटनेस ट्रेडमिल, व्यक्तिगत हेरचाहसम्बन्धी उत्पादन प्याकेज तथा स्मार्ट इलेक्ट्रिक वाइन तथा लिक्विड डिस्पेन्सर लगायतका उपहार समावेश छन्।
दाराजका अनुसार छुट, अतिरिक्त भुक्तानी लाभ, निःशुल्क डेलिभरी र आकर्षक पुरस्कारको संयोजनले ‘६.६ मिड इयर शपिङ फेस्ट’लाई यस वर्षको सबैभन्दा ठूलो अनलाइन किनमेल अभियानमध्ये एक बनाउने अपेक्षा गरिएको छ। नेपालसहित Pakistan, Bangladesh र Sri Lanka मा सेवा विस्तार गरेको दराज दक्षिण एशियाको प्रमुख ई-कमर्स कम्पनीमध्ये एक हो। कम्पनीले बजार, लजिस्टिक्स, डिजिटल भुक्तानी तथा वित्तीय सेवामार्फत उपभोक्ता र व्यवसायलाई जोड्दै आएको जनाएको छ।
अर्थ चाैतारी ।