logo

२०८३ जेष्ठ २४, आइतबार

logo
  • २०८३ जेष्ठ २४, आइतबार
  • दक्षिण एशियामै पहिलोपल्ट आयो ट्राइब, पाँचतारे बन्दै गरेको होटल सब्रिनाको व्यवस्थापन सम्हाल्ने

    दक्षिण एशियामै पहिलोपल्ट आयो ट्राइब, पाँचतारे बन्दै गरेको होटल सब्रिनाको व्यवस्थापन सम्हाल्ने

    416
    SHARES
    दक्षिण एशियामै पहिलोपल्ट आयो ट्राइब, पाँचतारे बन्दै गरेको होटल सब्रिनाको व्यवस्थापन सम्हाल्ने

    काठमाण्डौ । बुढानीलकण्ठमा रहेको होटल सब्रिनाको कारोबार ९ प्रतिशतले बढेको छ । कम्पनीको कारोबार सन् २०२४ को तुलनामा सन् २०२५ मा ९.२३ प्रतिशतले बढेको हो ।



    होटलले सन् २०२४ मा ६ करोड ५० लाख रुपैयाँको कारोबार गरेको थियो । सन् २०२५ मा ७ करोड १० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२३ मा ८ करोड रुपैयाँको कारोबार गरेको थियो । सन् २०१८ मा स्थापना भएको होटलले बुढानीलकण्ठमा लक्जरी होटल सञ्चालन गर्दै आएको छ । पाँचतारेमा परिणत भएपछि होटल ‘ट्राइब’ ब्रान्डमा सञ्चालन हुनेछ । ट्राइब दक्षिण एशियामै पहिलोपल्ट आएको हो ।

    सन् २०२४ मा पब्लिक कम्पनीमा परिणत भएको होटल ३ रोपनी क्षेत्रफलमा फैलिएको छ । हाल ४८ वटा कोठाको सुविधासहित पर्यटकका लागि स्ट्यान्डर्ड होटल सञ्चालन गर्दै आएको छ । तर, कम्पनीले उक्त क्षमता बढाएर १०३ वटा कोठाको सुविधा दिने योजनासहित होटललाई पाँचतारेमा परिणत गर्न स्तरोन्नति गर्दैछ ।

    होटल सामान्य रूपमा सन् २०१८ देखि सञ्चालनमा आएको थियो भने पूर्ण क्षमतामा सन् २०२० देखि सञ्चालन भएको थियो । हाल कम्पनीको योजनाअनुसार स्तरोन्नतिअन्तर्गत पूँजीगत खर्च प्रस्ताव गरिएको छ । जसमा होटल निर्माण गर्न इक्विटी लगानी र ऋणमार्फत लगानी गर्नेछ ।

    होटलले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब २५ करोड रुपैयाँको रेटिङ गराएको छ । होटलले दीर्घकालीन कर्जाका लागि ६२ करोड २८ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ६२ करोड ७१ लाख रुपैयाँको रेटिङ गराएको हो ।


    अर्थ चाैतारी
  • आइतबार, २४ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट