logo

२०८३ जेष्ठ २४, आइतबार

logo
  • २०८३ जेष्ठ २४, आइतबार
  • आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ६ कम्पनीले दिए आवेदन, कुनको कति ?

    आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ६ कम्पनीले दिए आवेदन, कुनको कति ?

    416
    SHARES
    आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ६ कम्पनीले दिए आवेदन, कुनको कति ?

    काठमाण्डौ । आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ६ वटा कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । यी कम्पनीहरुले २०८३ जेठ मा आवेदन दिएका हुन् । आवेदन दिनेमा २ वटा हाइड्रोपावर कम्पनी रहेको छ भने अन्य ४ कम्पनी उत्पादन तथा प्रशोधन क्षेत्रका हुन् ।



    कसको कति ?

    १. सुपर हेवापावर कम्पनी लिमिटेडले १९ लाख २५ हजार कित्ता शेयर निष्काशनको लागि जेठ ७ गते आवेदन दिएको छ। कम्पनीको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ।

    २. रघुगंगा हाइड्रोपावर लिमिटेडले १ करोड ५० लाख कित्ता शेयर निष्काशनको लागि जेठ ८ गते आवेदन दिएको छ। कम्पनीको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ।

    ३. राजेश मेटल क्राफ्ट्स लिमिटेडले ६० लाख कित्ता शेयर निष्काशनको लागि जेठ ७ गते आवेदन दिएको छ। कम्पनीको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट रहेको छ।

    ४. अन्नपूर्ण माछादाना उद्योगले १० लाख ९ हजार ५ सय ३१ कित्ता शेयर निष्काशनको लागि जेठ ७ गते आवेदन दिएको छ। कम्पनीको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ।

    ५. युवरानी एग्रो इन्डस्ट्रीज लिमिटेडले १६ लाख ५० कित्ता शेयर निष्काशनको लागि जेठ ७ गते आवेदन दिएको छ। कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ।

    ६. प्रिमियर डिस्टिलरी लिमिटेडले २२ लाख ५० हजार कित्ता शेयर निष्काशनको लागि जेठ ८ गते आवेदन दिएको छ। कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ सनराइज क्यापिटल रहेको छ।


    अर्थ चाैतारी
  • आइतबार, २४ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट