logo

२०८३ जेष्ठ २५, सोमबार

logo
  • २०८३ जेष्ठ २५, सोमबार
  • धितो र गैर बैंकिङ सम्पत्ति मूल्याङ्कनका लागि राष्ट्रिय वाणिज्य बैंकले माग्यो भ्यालुएटर

    धितो र गैर बैंकिङ सम्पत्ति मूल्याङ्कनका लागि राष्ट्रिय वाणिज्य बैंकले माग्यो भ्यालुएटर

    429
    SHARES
    धितो र गैर बैंकिङ सम्पत्ति मूल्याङ्कनका लागि राष्ट्रिय वाणिज्य बैंकले माग्यो भ्यालुएटर

    काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकले आफ्नो नाममा धितो पारित हुने चल तथा अचल सम्पत्ति, मेशिनरी र गैर–बैंकिङ सम्पत्तिको मूल्याङ्कन कार्यका लागि मूल्याङ्कनकर्ता (भ्यालुएटर) सूचीकृत गर्न आवेदन आह्वान गरेको छ ।



    बैंकको कर्जा प्रशासन विभागका अनुसार विभिन्न शाखाबाट प्रवाह हुने कर्जा सुविधाअन्तर्गत धितो सुरक्षणका रूपमा रहने सम्पत्ति तथा मेशिनरीको मूल्याङ्कन गर्न योग्य ओभरसियर, इन्जिनियर, इन्जिनियरिङ कन्सल्टेन्सी फर्म तथा कम्पनीहरूबाट आवेदन माग गरिएको हो ।

    धितो मूल्याङ्कन कार्यविधि, २०७७ (संशोधनसहित) अनुसार योग्यता पुगेका र अयोग्य घोषित नभएका व्यक्तिहरू तथा संस्थाले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन पेश गर्नुपर्ने बैंकले जनाएको छ ।

    आवेदन बैंकको केन्द्रीय कार्यालयस्थित कर्जा प्रशासन विभाग तथा देशभर रहेका प्रादेशिक कार्यालयहरूमा बुझाउन सकिने व्यवस्था गरिएको छ । बैंकका अनुसार यसअघि सूचीकृत भई सम्झौताको म्याद सकिएको तीन महिना नाघेका मूल्याङ्कनकर्ताको सम्झौता नवीकरण नहुने भएकाले उनीहरूले समेत नयाँ प्रक्रियाअन्तर्गत पुनः आवेदन दिएर सूचीकृत हुनुपर्नेछ ।


    अर्थ चाैतारी
  • सोमबार, २५ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट