logo

२०८३ असार १, सोमबार

logo
  • २०८३ असार १, सोमबार
  • लेखामान बोर्डका नवनियुक्त अध्यक्ष धितालले बुझे नियुक्ति पत्र

    लेखामान बोर्डका नवनियुक्त अध्यक्ष धितालले बुझे नियुक्ति पत्र

    377
    SHARES
    लेखामान बोर्डका नवनियुक्त अध्यक्ष धितालले बुझे नियुक्ति पत्र

    काठमाण्डौ । नेपाल लेखामान बोर्डका नवनियुक्त अध्यक्ष रमेश कुमार धितालले नियुक्ति पत्र बुझेका छन् । आज अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले अध्यक्ष धिताललाई नियुक्ति पत्र प्रदान गरेका हुन् ।



    अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा नवनियुक्त अध्यक्ष धिताललाई अर्थमन्त्रीले बधाइ तथा सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा नवनियुक्त अध्यक्षले प्राप्त जिम्मेवारी कुशलतापूर्वक पूरा गर्ने प्रतिवद्दता व्यक्त गरेका छन्।

    जेठ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल लेखामान बोर्डको अध्यक्ष पदमा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट रमेश कुमार धिताललाई नियुक्त गरेको थियो। मन्त्रिपरिषद्को बैठकले नेपाल चार्टर्ड एकाउन्टेन्टस् ऐन, २०५३ बमोजिम नेपाल लेखामान बोर्डको (Accounting Standard Board-ASB) को अध्यक्ष पदमा धिताललाई नियुक्त गरेको हो ।

    नवनियुक्त अध्यक्ष धितालसँग लेखापरीक्षण, वित्तीय क्षेत्रको परामर्श, जोखिम व्यवस्थापन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा वित्तीय प्रतिवेदन मान (NFRS / IFRS) कार्यान्वयनको क्षेत्रमा २० वर्षभन्दा बढीको गहन अनुभव रहेको छ । नेपालमा लेखामानको कार्यान्वयन, बैंक वित्तीय संस्थामा एनएफआरएस एवं इसीएल कार्यान्वयनमा नेतृत्वदायी भुमिका खेली सूचना प्रविधि लेखापरीक्षणलाई समेत परिष्कृत एवं विशिष्टीकृत बनाउन उनले उल्लेखिय भुमिका खेलेका छन्।


    अर्थ चाैतारी
  • सोमबार, १ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट