logo

२०८३ असार १, सोमबार

logo
  • २०८३ असार १, सोमबार
  • ११ महिनामा पुँजीगत खर्च ३२.५३ प्रतिशत मात्रै, विकास बजेट खर्च सुस्त

    ११ महिनामा पुँजीगत खर्च ३२.५३ प्रतिशत मात्रै, विकास बजेट खर्च सुस्त

    377
    SHARES
    ११ महिनामा पुँजीगत खर्च ३२.५३ प्रतिशत मात्रै, विकास बजेट खर्च सुस्त

    काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा सरकारले पुँजीगत खर्चतर्फ १ खर्ब ३२ अर्ब ६६ करोड ७७ लाख रुपैयाँ खर्च गरेको छ। यो कुल विनियोजित पुँजीगत बजेटको ३२.५३ प्रतिशत मात्र हो।



    महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी विवरणअनुसार चालु आर्थिक वर्ष सकिन एक महिना मात्र बाँकी रहँदा पनि विकास निर्माणसँग सम्बन्धित खर्च अपेक्षाअनुसार हुन सकेको छैन।

    सरकारले चालु आर्थिक वर्षका लागि पुँजीगत खर्चतर्फ ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ विनियोजन गरेको थियो। तर हालसम्म कुल बजेटको एक तिहाइभन्दा पनि कम रकम मात्रै खर्च भएको देखिएको छ।

    यता चालु खर्चतर्फ भने प्रगति तुलनात्मक रूपमा उच्च रहेको छ। सरकारले चालु खर्चका लागि ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरेकामा ११ महिनाको अवधिमा ७६.९१ प्रतिशत खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाएको छ।

    त्यसैगरी वित्तीय व्यवस्थापनतर्फ वार्षिक ३ खर्ब ७५ अर्ब २४ करोड २० लाख रुपैयाँ खर्च गर्ने लक्ष्य राखिएकोमा हालसम्म ३ खर्ब ५ अर्ब ७१ करोड ८१ लाख रुपैयाँ खर्च भइसकेको छ।


    अर्थ चाैतारी
  • सोमबार, १ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट