logo

२०८३ असार १, सोमबार

logo
  • २०८३ असार १, सोमबार
  • सानिगाड हाइड्रोको आइपीओ बाँडफाँट, यी तरिकाले हेर्न सकिन्छ नतिजा

    सानिगाड हाइड्रोको आइपीओ बाँडफाँट, यी तरिकाले हेर्न सकिन्छ नतिजा

    325
    SHARES
    सानिगाड हाइड्रोको आइपीओ बाँडफाँट, यी तरिकाले हेर्न सकिन्छ नतिजा

    काठमाण्डौ । सानिगाड हाइड्रोको आइपीओ आज असार १ गते बाँडफाँट गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा आज बिहान आइपीओ बाँडफाँट गरिएको हो।



    कम्पनीले गत जेठ १८ गतेखि जेठ २१ गतेसम्म सर्वसाधारणका लागि १०० रुरुपैयाँ अंकित दरका कुल ४६ लाख ७४ हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो। यो आइपीओमा २७ लाख ५९ हजार ४९० आवेदकबाट कुल ३ करोड १ लाख ३२ हजर ५०० कित्ता शेयर माग भएको थियो। जसमा २७ लाख २७ हजार ५१५ आवेदकबाट माग भएको २ करोड ९७ लाख ५० हजार २१० कित्ता सदर भएको थियो भने ३१ हजार ९७५ आवदेन रद्द भएको थियो।

    मागभन्दा बढी आवेदन परेकै कारण यो आइपीओ पनि गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा भाग्यमानी ४ लाख ६७ हजार ४०० आवेदकले १० कित्तका दरले शेयर पाएका छन्। यो हिसाबले सदर आवेदकमध्ये २२ लाख ९२ हजार ९० आवेदकको हात खाली भएको छ।

    यो आइपीओ नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धकको वेबसाइटका साथी सीडीएससीको मेरो शेयर र iporesult.cdsc.com.np मा गएर हेर्न सकिनेछ।


    अर्थ चाैतारी
  • सोमबार, १ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट