logo

२०८३ असार १, सोमबार

logo
  • २०८३ असार १, सोमबार
  • लुम्बिनी प्रदेशमा ३८ अर्ब हाराहारीको बजेट आउँदै

    लुम्बिनी प्रदेशमा ३८ अर्ब हाराहारीको बजेट आउँदै

    468
    SHARES
    लुम्बिनी प्रदेशमा ३८ अर्ब हाराहारीको बजेट आउँदै

    बुटवल । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद्ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्षको बजेट, विनियोजन विधेयक तथा आर्थिक विधेयक प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गरेको हो ।



    बजेट प्रस्तुत गर्न अहिले ५ बजे प्रदेश सभाको बैठक आह्वान गरिएको छ । बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सभामा बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ । प्रदेश सरकार स्रोतका अनुसार बजेटको आकार ३८ अर्ब रुपैयाँ हाराहारीको छ ।

    बजेटमा प्रदेश गौरवका आयोजना, बहुवर्षीय तथा क्रमागत योजनाको निरन्तरता, कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार विकास तथा सुशासनलाई प्राथमिकतामा राखिएको जनाइएको छ ।


    अर्थ चाैतारी
  • सोमबार, १ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट