logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • सर्वसाधारणले सर्वोत्तम पेन्ट्सको आईपीओ भर्ने आज अन्तिम दिन

    सर्वसाधारणले सर्वोत्तम पेन्ट्सको आईपीओ भर्ने आज अन्तिम दिन

    260
    SHARES
    सर्वसाधारणले सर्वोत्तम पेन्ट्सको आईपीओ भर्ने आज अन्तिम दिन

    काठमाण्डौ । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने आज असार २ गते अन्तिम दिन रहेको छ । कम्पनीले जेठ २८ गतेदेखि आम सर्वसाधारणलाई ७ लाख ५ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको हो।



    आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम ५ हजार कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

    कम्पनीले यस अघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ। नेपाल धितोपत्र बोर्डले वैशाख २ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।

    कम्पनीले विभिन्न प्राइमर तथा रङ्गहरु उत्पादन गरि बिक्री वितरण गर्दै आएको छ। कम्पनीका अध्यक्ष शिव सिंह कार्की हुन् भने अन्य संचालकमा लक्ष्मीई दत्त पाण्डेय , नविन प्रसाद भट्ट र कमलेश पाण्डेय रहेका छन्।


    अर्थ चाैतारी
  • मंगलबार, २ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट