logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • नेपाल लाइफ बन्यो हिमालय स्पोर्ट्ससँगको सहकार्यमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

    नेपाल लाइफ बन्यो हिमालय स्पोर्ट्ससँगको सहकार्यमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

    377
    SHARES
    नेपाल लाइफ बन्यो हिमालय स्पोर्ट्ससँगको सहकार्यमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

    काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को आधिकारिक प्रसारणका लागि हिमालय स्पोर्ट्ससँग सह–प्रायोजकको रूपमा सहकार्य गरेको छ। यस सहकार्यअन्तर्गत नेपाल लाइफ फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारणमा हिमालय स्पोर्ट्स टिभी तथा डीजीओ (DGO) एपमार्फत ब्रान्ड साझेदारका रूपमा सहभागी रहने कम्पनीले जनाएको छ।



    सहकार्यबारे नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले विश्वकै सर्वाधिक लोकप्रिय खेल महोत्सव फिफा विश्वकपसँग जोडिन पाउनु कम्पनीका लागि गौरवको विषय भएको बताए।

    उनले विश्वकपले खेलकुदमार्फत विश्वभरका मानिसलाई एकताबद्ध गर्ने उल्लेख गर्दै यस सहकार्यले नेपाली दर्शकलाई विश्वकपको रोमाञ्च अझ नजिकबाट अनुभव गराउनुका साथै नेपाल लाइफको ब्रान्डलाई देशभरका खेलप्रेमीसँग थप सशक्त रूपमा जोड्ने विश्वास व्यक्त गरे।

    नेपाल लाइफका अनुसार विश्वकप प्रसारणसँगको सहकार्य कम्पनीको ब्रान्ड प्रवर्द्धन रणनीतिको महत्वपूर्ण हिस्सा हो। यसबाट खेलकुदप्रेमी दर्शकमाझ कम्पनीको पहुँच विस्तार हुनुका साथै अन्तर्राष्ट्रिय स्तरको खेल महोत्सवसँग आफ्नो ब्रान्डलाई जोड्ने अवसर प्राप्त भएको कम्पनीको विश्वास छ।

    फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण नेपालमा हिमालय स्पोर्ट्स टिभी र डीजीओ एपमार्फत भइरहेको छ।


    अर्थ चाैतारी
  • विहिबार, ४ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट