logo

२०८३ असार ५, शुक्रबार

logo
  • २०८३ असार ५, शुक्रबार
  • रवि लामिछाने विरुद्धको सङ्गठित अपराधसम्बन्धी कसुर फिर्ता लिन अनुमति

    रवि लामिछाने विरुद्धको सङ्गठित अपराधसम्बन्धी कसुर फिर्ता लिन अनुमति

    182
    SHARES
    रवि लामिछाने विरुद्धको सङ्गठित अपराधसम्बन्धी कसुर फिर्ता लिन अनुमति

    काठमाण्डौ । काठमाण्डौ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी कसुर फिर्ता लिन अनुमति दिएको छ ।



    काठमाण्डौ जिल्ला अदालत न्यायाधीश आत्मदेव जोशीको इजलासले लामिछानेको मागअनुसार सङ्गठित अपराधको मुद्दा फिर्ता लिन आदेश दिएका हुन् । जोशीको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम लामिछानेसहितका प्रतिवादीहरूमाथि लगाइएको सङ्गठित अपराधको अभियोग हटाउन आदेश दिएको हो । उक्त इजलासले लामिछानेको सहकारी ठगीसम्बन्धी अभियोगलाई भने कायम राख्न भनेको छ ।

    सुमन खनाललगायतको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको तथा लामिछाने लगायत प्रतिवादी रहेको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले अभियोग पत्र संशोधनको निवेदन दायर गरेको थियो ।


    अर्थ चाैतारी
  • शुक्रबार, ५ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट