काठमाण्डौ । प्रहरीले स्रोत नखुलेको नगद सहित सर्लाहीको मलंगवा नगरपालिका–१० झिम पुलबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीकाे रामनगर गाउँपालिका–३ घर भएका गुडु कुमार यादव र रामनगर–१ घर भएका २४ वर्षीय रुपेश कुमार यादव छन् ।
भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ३२ लाख आरोपीहरूको साथबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी वेद प्रसाद गौतमले रातोपाटीलाई बताए ।
असार ४ मा आरोपीहरू सवार मधेस प्रदेश–०५–००१ प ११०६ नम्बरको मोटरसाइकलमा आउँदै गरेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् । बरामद रकमको स्रोत खुलेको छैन ।
आरोपीहरू विरुद्ध हुण्डी सम्बन्धी कसुरमा अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान थालिएको डीएसपी गौतमले बताए ।
अर्थ चाैतारी ।