logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • सम्पत्ति छानबिन गर्नुपर्छ भन्नेमा अहिले पनि अडिग छु, मिडिया ट्रायलप्रति दुःख व्यक्त गर्दछु: जनार्दन शर्मा

    सम्पत्ति छानबिन गर्नुपर्छ भन्नेमा अहिले पनि अडिग छु, मिडिया ट्रायलप्रति दुःख व्यक्त गर्दछु: जनार्दन शर्मा

    468
    SHARES
    सम्पत्ति छानबिन गर्नुपर्छ भन्नेमा अहिले पनि अडिग छु, मिडिया ट्रायलप्रति दुःख व्यक्त गर्दछु: जनार्दन शर्मा

    काठमाण्डौ । पूर्वअर्थमन्त्री जनार्दन शर्माले सम्पत्ति छानबिन हुनुपर्ने विषयमा आफू अडिग रहेको बताएका छन्।



    आफूलाई पक्राउ गर्ने तयारी भइरहेको चर्चा चलेपछि शर्माले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका हुन्।

    ‘साथीहरू, सम्पत्ति छानबिन गर्नुपर्छ भनेर मैले सदन र पार्टीमा पनि विषय उठाएको हुँ। त्यसमा म अहिले पनि अडिग छु’, उनले लेखेका छन्, ‘तर सरोकार नै नभएको विषय बनाई भ्रम सिर्जना गर्ने उद्देश्य राखेर गरिने मिडिया ट्रायलप्रति दुःख व्यक्त गर्दछु।’

    सम्पत्ति शुद्धीकरण मामिलामा हिजो सोमबार मात्र नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई प्रहरीले सुर्खेतबाट पक्राउ गरेको छ। उनलाई आज काठमाडौँ ल्याइँदै छ।


    अर्थ चाैतारी
  • मंगलबार, ९ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट