काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो चरणको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। हालसम्म आएको मतपरिणामअनुसार केन्द्रीय सदस्य खुलातर्फ डा. स्वर्णिम वाग्ले अग्रस्थानमा छन्। वाग्लेले ४९ मत पाएका छन्।
त्यस्तै सोबिता गौतमले ४७, डा. तोशिमा कार्कीले ४५, राजीव खत्रीले ४४, रञ्जु दर्शनाले ४४ र मनिष झाले ४४ मत पाएका छन्। त्यसपछि विपिनकुमार आचार्य, रमेश प्रसाईं, सागर ढकाल, शिशिर खनाल, इन्दिरा राना मगर, कविन्द्र बुर्लाकोटी, निशा डाँगी र हरि ढकालले समान ४३-४३ मत पाएका छन्।
यसैगरी गणेश कार्कीले ४१, पुकार बम र समीक्षा बास्कोटाले समान ४०, जगदीश खरेलले ३९ मत, रिमा विश्वकर्मा र सुलभ खरेलले ३५ मत पाएका छन्।
यो प्रवासमा रहेका महाधिवेशन प्रतिनिधिले हालेको मत परिणाम हो। प्रवासबाट ४९ जना प्रतिनिधिले मतदान गरेका थिए। उनीहरूका लागि बिहीबार अपराह्न ५:२० देखि साँझ ६:२० सम्म मतदान खुल्ला गरिएको प्रवास विभागका निवर्तमान सचिव पदमराज पन्थीले जानकारी दिए।
उनका अनुसार महाधिवेशन प्रतिनिधिले प्रवासबाटै पार्टीको मोबाइल एपमार्फत केन्द्रीय समितिको निर्वाचनमा सहभागी हुन पाउने व्यवस्था गरिएको थियो।
अर्थ चाैतारी ।